मेचीनगर, २५ वैशाख । अनुगमन टोलीले शहरका पसलमा मात्र होइन गाउँका बजारमा पनि अखाद्य पदार्थहरु प्रशस्त फेला पारेको छ ।
शुक्रबार मेचीनगर नगरपालिकाको संयुक्त टोलीले वडा नम्बर २ को बौद्वमोड बजारका पसलहरुमा अनुगमन गर्दा त्यस्तो भेटिएको हो ।
टोलीले बौद्वमोड र इटाभट्टाका पसलहरुमा बजार अनुगमन गरेको थियो ।
स्थानीय सरकारको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय, खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नाप तौल कार्यालय झापा र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
आज मेचीनगर–२ स्थित बौद्वमोडका १० वटा र मेचीनगर–७ को इटाभट्टाका ४ वटा पसलमा अनुगमन गर्दा म्याद ग्रुजिएका कोकोकोला, फेण्टा, स्प्राइट, केटाकेटीले खाने चाेखाेपन चकलेट, प्लास्टिकमा पेकिङ जुस, चिया रंग लगायतका खाद्य पदार्थहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले बौद्वमोडको सिजन किराना पसल, लोप्साङ्ग होटल, सुपथ मुल्य पसल, योञ्जन पसल, तामाङ किराना पसल, साँवा भेराइटी, बौद्वमोड मिठाई पसल तथा बर्बीन मिष्ठान भण्डार, प्रनिष्ठा कोल्ड सेन्टर, फ्रेस हाउस, हाम्रो चाइनिज कर्नररेखा–रेस्मा सौदा घर, लक्ष्मी ज्वेलर्स पसलमा अनुगमन गरिएको जानकारी दिए ।
त्यस्तै इटाभट्टाको अधिकारी किराना पसल, दुर्गा होटल, पाथिभरा मिष्ठान भण्डार र अंशु भेराइटिजमा पनि आजै अनुगमन गरिएको उनको भनाई छ ।
अनुगमनका क्रममा केही पसलहरुबाट म्याद नाघेका, लेवल नभएका खान अयोग्य खाद्य सामानहरु जफत गरिएको र केही सामान स्पोर्टमा पेय पदार्थको बोतलमा दुलो पारिदिएर नष्ट गरिएको उनले बताए । धेरै पसलका सञ्चालकहरुलाई म्याद नाघेका, लेवल नभएका अखाद्य सामानहरु नराख्न सचेत गराइएको थियो ।
खाद्य विश्लेषक कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता साह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका सिनियर मिस्त्री आकाश झा, कार्यालय सहयोगी कामिक राजबंशी, मेचीनगर–२ का वडा सदस्य वेनुप राई, बौद्वमोड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रविन खड्का, इटाभट्टा प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक राजकुमार मण्डल, नगर प्रहरीहरु प्रकाशकुमार बानियाँ, बुद्विराज राई, दिपाकुमारी राजबंशी, दिनेश राई, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
।। फोटो फिचर ।।




Discussion about this post