बिर्तामोड, २ मंसिर । चारपानेबाट मुक्तिचौक आउँदै गरेको स्कृटीलाई ट्रकले ठक्कर दिँदा २२ वर्षीया स्कृटी चालक रोजी कटुवालको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–२ रामचौक स्थित पूर्वपश्चिम राजमार्गको चारपानेबाट मुक्तिचौक आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई सोही दिशातर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले हिजो राति ६ वजे ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका–७ बस्ने बर्ष २२ की रोजी कटुवाल घाइते भएकी थिइन् ।
घाइते कटुवाललाई थत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । त्यहाँ समान्य उपचारपछि बीएण्डसी लगिएको थियो । उपचारका क्रममा घाइते कटुवालको राति ८ वजे जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
सोही स्कुटीमा पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीया सरिता राउत भने सामान्य घाइते भएकी छन् ।
स्कुटी, ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका–९ बस्ने बर्ष ५२ का राजकुमार कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।
Discussion about this post