झापा, २ मंसिर । बाह्रदशी गाउँपालिका–५ स्थित फुलबारीका मानकुमार राजवंशीले पुरानो रिसिवीका कारण विवाद हुँदा सोही ठाउँका गंगालाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको छ ।
हिजो राति ९ वजे २६ वर्षीय राजबंशीले पुरानो रिसिवीको कारण विवाद गर्दा ४५ वर्षीय माझीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घाइते माझीलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउन साथ डाक्टरले जाँच गर्दा करिव १० वजतिर मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ ।
प्रहरीले राजबंशीलाई फलामको रडलसहित नियन्त्रणमा लिएको छ ।
Discussion about this post