दमक, २ मंसिर । आज एकाविहानै दमकमा हात्तीले एकजना व्यक्तिलाई लखेटी लखेटी लछार पछार पारेर उचालेर पछार्दा मृत्यु भएको छ ।
आइतबार विहान २ वजे दमक नगरपालिका–३, दिपज्योति टोल स्थित जंगलबाट आएको हात्तीले ४५ वर्षीय मिनबहादुर भण्डारीलाई धपाउन खोज्दा एकसय मिटर परसम्म लखेटेर लछार पछार पारी उचालेर पछार्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार जंगलबाट आएको हात्तीले स्थानीय सुबिन भट्टराईको किचन घर भत्काउन लाग्दा छिमेकी भण्डारीले धपाउँन खोज्दा उनलाई लखेटेर आक्रमण गर्दा मृत्यु भएको हो ।




Discussion about this post