झापा, ४ मंसिर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रसाईलाई प्रहरीले भक्तपुर स्थित निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिए ।
´१२ वजे पक्राउ गरेर व्युरोतर्फ ल्याइएकाे छ । त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’
प्रसाईमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
उनी झापा बिर्तामाेड स्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् ।
Discussion about this post