मेचीनगर, १२ मंसिर । पूर्व पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–१ स्थित कमल पुल सडक खण्डमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोसा चालकको मृत्यु भएको छ ।
आज विहान ५ वजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरित दिशाबाट जादैं गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक शिवसताक्षी–८ बस्ने अन्दाजी बर्ष ४० का खेमराज थापा घाइते भएका थिए ।
घाइते मोसा चालकलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । उपचारका क्रममा विहान ७ वजे मृत्यु भएको भनि चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पिकअप र पिकअप चालक मेचीनगर नगरपालीका–८ बस्ने बर्ष ३१ का विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
Discussion about this post