२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा अपाङ्ग संघ गठन, अध्यक्षमा घिमिरे

मंसिर १८, २०८१, ४:२५ .मङ्लबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ मंसिर । मेचीनगर स्तरीय अपाङ्ग संघ गठन गरिएको छ ।

आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेचीनगर–७ का समाजसेवी धर्मराज घिमिरेको अध्यक्षतामा २१ सदस्यीय मेचीनगर अपाङ्ग संघ गठन गरिएको हो ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत उक्त संघ गठन गरिएको छ ।

समितिको उपाध्यक्षद्वयमा गंगाप्रसाद संग्रौला र राम बुढाथोकी, सचिवमा अनिश काफ्ले, सहसचिवमा रविन्द्रकुमार न्यौपाने र कोषाध्यक्षमा निलादेवि भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा हेमलाल सापकोटा, युवराज वस्नेत, अम्बिका पोखरेल, सृजना कट्टेल, सरिता तामाङ, कोषराज प्रसाई, दुर्गाबहादुर खड्का, विश्वविजय घिमिरे, पुष्पा खड्का, गोपाल तामाङ, विष्णुकुमार श्रेष्ठ, सोमनाथ न्यौपाने, रिता नेपाल, अश्विनीकुमार काफ्ले र सञ्जना राई रहेका छन् ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ मुल नाराका साथ मंगलबार अपाङ्गता दिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा हन्डी फुटाउने, बिस्कुट दौड, चम्चा दौड, सियो दौड लगायतका अतिरिक्त क्रियाकलाप समेत आयोजना गरिएको थियो ।

प्रतियोगिताका प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेहरुलाई पुरस्कार स्वरुप नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको नगरकी महिला विकास अधिकृत जयन्ती खरेलले बताइन् ।

बिस्कुट दौड प्रतियोगितामा सोमनाथ न्यौपाने प्रथम, अम्बिका पोखरेल दोस्रो, सुरज तामाङ तेस्रो र विमल खत्रीे सान्त्वना भए । सियो दौड प्रतियोगितामा रुपा किसान प्रथम, आशिका पोखरेल दोस्रो, दुर्गा खड्का तेस्रो र रिम्पा राजवंशी सान्त्वना भए ।

त्यस्तै चम्चा दौड प्रतियोगितामा खगेन्द्र राजवंशी प्रथम, युवराज बस्नेत दोस्रो, हरिमाया कार्की तेस्रो र पवित्रा तामाङ सान्त्वना भएका थिए ।

यसैगरी हन्डी फुटाउने खेलमा कसैले पनि फुटाउन नसकेपछि हन्डीको नजिक पुग्ने तीन जनालाई प्रथम पुरस्कार पाँच हजारलाई बराबरी भाग गरेर वितरण गरिएको थियो ।

कला प्रस्तुतितर्फ निला भट्टराई मुक्तक, पवित्रा तामाङ गायन, मीना गिरी कविता, सुरज तामाङ जीवनी, मन्जिल तामाङ धान नृत्य र विकास कार्कीले नृत्य प्रस्तुत गरेर पुरस्कार हात पारेका थिए । कार्यक्रममा नगरको पन्ध्र वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले आत्मसम्मानपूर्वक जीवनयापन गर्न, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै अन्य नागरिक सरह सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने संविधानको मर्मलार्य सबैले बुझ्न जरुरी रहेको बताए ।

वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले अझैपनि अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा नकारात्मक भावनाहरू फैलिरहेको बताए ।

कार्यक्रममा समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका अध्यक्ष समेत रहेका धर्मराज घिमिरेले नगरपालिका अझ उदार भएर लाग्ने कुरामा आशावादी रहेको बताए ।

पछिल्लो समाचार

बसको ठक्करबाट भद्रपुरका मोसा चालक न्यौपानेको मृत्यु

अघिल्लो समाचार

बाहुनडाँगी जेसीजको अध्यक्षमा नित्यानन्द चम्लागाई सर्वसम्मत

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.