मेचीनगर, १८ मंसिर । पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालकको मृत्यु भएको छ ।
आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ ।
बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव, बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।
Discussion about this post