मेचीनगर, १८ मंसिर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ अन्तराष्ट्रि अपाङ्ग दिवसको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ ।
र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो ।
कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।
प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि, विद्यार्थी, अनुपम अभियानका अभियन्ताहरु लगायतले चौरासीमा महिला, हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ, राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, लैङ्गिक हिंसा अन्त्य गरौँ, बाल विवाह रोकौँ सभ्य समाजको निर्माण गरौँ, दाइजो होइन शिक्षा दिऔँ, छोरीलाई सक्षम बनाऔँ, घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ, छोरा–छोरीमा विभेद नगरौँ घरायसी काम बराबरी गरौँ लगायतका नारा घन्काइएको थियो ।
केन्द्रले सोही प्रकारको कार्यक्रम धुलाबारी र बिर्तामोडमा पनि भव्यरुपमा मनाएको छ ।
मखमली महिला साकोसको सहआयोजनामा भएको कार्यक्रमको अध्यक्षता महिला जनचेतना केन्दकी अध्यक्ष सिता गुरुङले र सञ्चालन सञ्चारकर्मी सुष्मा राजबंशीले गरेकी थिइन् ।
Discussion about this post