झापा, २८ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनको मतगणना सुरु भएको छ ।
निर्वाचन समितिका अनुसार बर्तामोड स्थित अग्रसेन भवनमा अहिले राति ८ वजेदेखि मतगणना सुरु भएको हो ।
महासंंघको निर्वाचन आज विहान १० वजेदेखि सुरु मतदान ४ वजे सम्पन्न भएको थियो ।
कुल दुई सय २० जना मतदाता मध्ये २०५ जनाले मतदान गरेका थिए । ९३ दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
Discussion about this post