धुलाबारी, ३० मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सबिता पोखरेल सर्वसम्मत चयन भएकी छन् ।
शनिबार मेचीनगर लेडी जेसीजको ११ औँ वार्षिक साधारण सभाले वर्ष २०२५ का लागि पोखरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा लक्ष्मी कोइराला र सुनिता खतिवडा, चार जना उपाध्यक्षहरुमा कृष्णकुमारी प्रसाई (कल्पना), खिना निरौला, नबिना डाँगी र अनिता शाह चयन भएका हुन् ।
निर्वाचन आयुक्त एवम् मेचीनगर लेडी जेसीज वर्ष २०२४ की अध्यक्ष पवित्रा विमली प्रसाईले नयाँ सर्वसम्मत कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित धन्यवाद दिएकी थिइन् ।
Discussion about this post