झापा, ७ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ मा विवाह गर्नुअघि वडाको सिफारिस चाँहिने भएको छ ।
वडालाई बालमैत्री घोषणा गरिएकोले यसको दीर्घकालीन कार्यान्वयनका लागि यस्तो ब्यवस्था गरिएको ५ नम्बर वडाका वडाध्यक्ष विमल गुरूङले जानकारी दिए ।
उनका अनुसार बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटा वा केटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था लागू गरिएकाे छ ।
वडा कार्यालयले घर परिवारमा विवाह कार्यक्रम गर्नुपूर्व अनिवार्य सिफारिस लिएर मात्र विवाह उत्सब गर्न उर्दी जारी गरेकाे छ ।
वडाध्यक्ष गुरूङले गत कार्तिक २६ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकाे बताए ।




Discussion about this post