झापा, २२ पुस । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आधा उडानमा नै काठमाडौं फिर्ता गरिएको छ ।
बुद्ध एयरकाे सञ्चालक समितिका अनुसार उडान नं ९५३ को कलसाइन नाइन एन-एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि आधा उडानमै फिर्ता गरिएको हाे ।
पाइलटले तत्काल विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।
विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेकाे पाइलटकाे भनाई छ ।
विमान ११:१५ मा काठमाडौंमा सुरक्षित अवतरण गरेको थियाे।
यात्रुहरूलाई अर्को विमानबाट भद्रपुर पठाएकाे थियाे ।
बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो ।
अन्य विमानहरुलाई हाेल्ड गराएका कारण आकासमा धेरैबेर फन्को मार्नु परेको थियाे ।
काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो ।
Discussion about this post