४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

बाणिज्य संघको स्वास्थ्य शिविरमा ४७८ जना लाभान्वित

पुस २२, २०८१, १:५२ .सोमवार
0
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २२ पुस । मेची उद्योग बाणिज्य संघको आयोजना र ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् ।

आज मेचीनगर–१० स्थित राधास्वामी सत्संग भवनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ बर्षकी बालिकादेखि ९३ बर्षका ज्येष्ठ नागरिकले समेत सेवा लिएका थिए ।

शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधि, चश्मा लगायतका सामग्री वितरणगरिएको थियो । शिविरमा ११४ जनाको भिडियो एक्सरे, १३७ जनालाई निःशुल्क चश्मा र ३४९ जनालाई औषधि वितरण गरिएको मेची उद्योग बाणिज्य संघका महासचिव एवम् कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिए ।

शिविरमा ओमसाई पाथिभरा हस्पिटलका डाक्टर डालिम काफ्लेको नेतृत्वमा २३ जनाको टिमले विभिन्न रोगका विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।

हस्पिटलका डाक्टरहरु काफ्ले, शशीकपुर सिंह, सुमन सिंह, प्रविण तिम्सिना, कुन्दनकुमार यादव, नेत्र रोग विभागका प्राविधिक पुरुषोतमकुमार झा, सर्जना शाह, गीनाकुमारी यादव, डेन्टल हाइजेनिक अनुपा गुरुङ, सीएमए मनमाया शिवाकोटी, एएनएम कल्पना भूजेल, बजार व्यवस्थापक लालबहादुर राजबंशी, सहायक बजार व्यवस्थापक आकाश वस्नेत, सुपरभाइजर नेत्ररोग विभागका आशिष कोइराला, ओपिडी सहायकहरु रुविना खडिया, खेमाकुमारी यादव, शवनम थापा, अंकिता खड्का, ल्याव विभागका सहायक मञ्जु महतो, फामेर्सीका लक्ष्मण गौतम, उमेश भट्टराई लगायतले उपचार सेवा दिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

शिविरमा हाडजोर्नी, स्त्री रोग, आँखा, दन्तसेवा, बाल रोग, नाक, कान तथा घाँटी रोग, युरोलोजी, जनरल फिजिसियन लगायतका सेवा उपलब्ध भएको थियो । मेचीनगरका १५ वटै वडा, बुद्धशान्ति गाउँपालिका र इलाम क्षेत्रका नागरिकहरुले समेत शिविरमा सेवा लिएका थिए ।

स्वास्थ्य शिविरमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर), महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान, उद्योग उपाध्यक्ष भूमिराज पौडेल, सदस्यहरु सन्तोष खवास, राजेश बंशल, शयाम न्यौपाने, दिपेन्द्र पाण्डे, तिलक विक, मानकुमार कटुवाल, देविमाया तामाङ, भीम विष्ट लगायत खटिएका थिए ।

त्यस्तै ओमसाई पाथिभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम), प्रशासन प्रमुख दिप पौडेल लगायतले पनि शिविरमा सहजीकरण गरेका थिए । शिविरमा मेचीनगर नगरपालिकाको सहकार्य रहेको थियो ।

पछिल्लो समाचार

काठमाडौंबाट भद्रपुर उडेकाे बुद्व एयर आधा उडानमा नै उतै फर्कियाे

अघिल्लो समाचार

धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.