२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चिया क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु : सांसद शर्मा

पुस २२, २०८१, ३:०७ .सोमवार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघिय सांसद विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने बताएका छन् ।

आज सांसद शर्मालाई चिया सरोकारवालाहरु रहेको प्रादेशिक चिया समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै सांसद शर्माले समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रादेशिक चिया समन्वय समितिका सदस्य तथा नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले मुलुक संघीयतामा गएपनि चिया क्षेत्रमा संघीयता कार्यान्वयन नभएको बताए । उनले ९८ प्रतिशत चिया क्षेत्र कोशी प्रदेशमा भएपनि प्रदेश सरकारले चिया क्षेत्रका लागि अहिलेसम्म कुनै निकाय र कानुन नबानाउनु विडम्बना भएको गुनासो सुनाए ।

नेपालमा चिया रोपण भएको १ सय ६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको सांसद शर्मालाई अवगत गराइएको थियो । ५ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब १३ अर्ब बढीको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको सरोकारवालाको भनाई छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले ऐन कानुनको अभावमा चिया क्षेत्रले गैरकृषि अवरोधहरु भोग्नु परिरहेको बताए । चिया कोशी प्रदेशको प्रमुख आर्थिक क्षेत्र भएपनि तीनै तहको बेवास्तामा परेको दुखेसो गरे ।

उनले संघ र प्रदेश सरकारको सहकार्य र समन्वय हुन नसक्दा चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ खर्च गर्न कठिनाई भइरहेको जानकारी गराए । उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिदिन समेत आग्रह गरे ।

सरोकारवालाले चिया खेतीमा सिंचाइका लागि लगाइएको चर्को विद्युत महसुल र डिमाण्ड चार्ज खारेज गरी कृषि सिंचाइको सुविधास्वरुप सहुलियत महसुलको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिए ।

चिया सरोकारवालाहरुको कुरा सुनिसकेपछि सांसद शर्माले कार्यक्रमकै वीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई फोन गरेर चिया क्षेत्रका समस्या सम्वोधन गर्न आग्रह गरे । उनले दुवै मन्त्रीलाई झापा भ्रमणमा आई सरोकारवालासँग छलफल गरी समस्या समाधानमा अघि बढ्न पनि आग्रह गरेका थिए ।

झापामा दश हजार हेक्टर क्षेत्रफलमा २५ विघामाथिका १५७ वटा चिया बगान, १७ हजार कृषक र ६५ हजार मजदुरले रोजगारी गरिरहेका छन् ।

चिया उत्पादक कृष्णप्रसाद प्रसाईसहितका सरोकारवालाहरुले विभिन्न समस्या अवगत गराएका थिए । कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, महासमिति सदस्य राम कट्टेल, क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, चिया समन्वय समितिका सदस्य तथा श्रमिक नेता दीपक तामाङ, नेपाल चिया उत्पादक संघ तथा चिया सहकारी तथा किसानका प्रतिनिधि, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कर्मचारी, संवाद समूह सचिवालय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

पछिल्लो समाचार

धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’

अघिल्लो समाचार

पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन आदेश

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.