३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इतिहास बोकेको ‘महेन्द्रद्वार सहकारी’ सुस्तगतिमा चल्दै

पुस २७, २०८१, ९:४१ .शनिबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ पुस । काँकरभिट्टा कै इतिहास बोकेको महेन्द्रद्वार सहकारी पछिल्लो समय टाटपल्टेपछि अहिले जसोतसो बाँमे सर्दै गरेको अवस्था छ ।

२०३४ सालमा श्री महेन्द्रद्वार साझा संस्थाको रुपमा स्थापना भएको सहकारीले ०८१ पुस २५ गते ३५ औँ वार्षिक साधारण सभा गरेको छ । ४७ वर्ष पुगेको छ ।

अहिले पनि संस्थाको स्वामित्वमा रहेको जग्गा, भवन, सवारी साधान, कार्यालय उपकरण, प्रशोधन भवन गरी कुल १३ करोड ३७ लाख ४८ हजार ४०१ रुपैयाँको सम्पत्ति रहेको छ ।

आ.व.२०८०÷०८१ सम्मा संस्थाको शेयर पुँजी ८ करोड ९० लाख ६६८ रुपैयाँ, कोष हिसाव र स्थिर सम्पत्तिकाो पूर्न मुल्याङ्कन कोषमा जम्मा १० करोड ३० लाख ५८ हजार ११० रुपैयाँ छ ।

संस्थाको धरौटी हिसावमा जग्गा खरिद गर्न र अन्य भुक्तानी दिनु पर्नेजम्मा १ करोड ६४ लाख ५३ हजार ७४३ रुपैयाँ र लगानीमा ४५ लाख ९७ हजार २११ रुपैयाँ छ । संस्थाले ‘श्रममा सदस्य, सदस्यसँग सहकारी’ भन्ने नाराका साथ सञ्चालन गरेको औषधिजन्य वनस्पती खेती तथा प्रशोधन कार्यक्रम प्रभावकारी बनाउन मेचीनगर–४ मा सिट्रोनेला र लेमनग्रास खेती भौगोलिक कारणले उत्पादन नभएपछि अन्त सारिएको छ ।

उक्त खेती गर्न मेचीनगर–५ को ८ विघा १० कठ्ठा जग्गा वार्षिक ५० हजार दिने गरी भाडामा लिएको छ । जसमध्ये २ विघा क्षेत्रफलमा सिट्रोनेला खेती गरिएको छ । बाँकी ६ विघा १० कठ्ठा जग्गामा उक्त खेती लाउने तयारी गरिएको छ ।

संस्थाले मेचीनगर–८ मा रहेको आफ्नै ६ कठ्ठा १३ धुर जग्गामा तेजपत्ता, सिट्रोनेला, लेमनग्रास, मसला, लगायतका जडीबुट्टीहरुबाट तेल प्रशोधन गर्ने उदेश्यले सनराइज हर्वल उद्योग सञ्चालन गरेको थियो ।

उक्त जग्गा शेयर सदस्यको बचत रकम फिर्ता गर्नका लागि १ करोड ९ लाख ८६ हजार ४६५ र विभिन्न व्यक्तिहरुलाई जग्गा बिक्री गरी लिलामी प्रक्रियाबाट प्राप्त भएको रकम १ करोड १० लाख १३ हजार ५३५ रुपैयाँ गरी कुल २ करोड २० लाख रुपैयाँ बचत कर्तालाई फिर्ता गरिएको छ ।

संस्थामा राजकुमार दाहाल (राजु) नेतृत्वको टिम आएपछि २ करोड ९७ लाख बचत फिर्ता गर्न बाँकी र २ करोड ३८ लाख घाटा रहेको थियो । अध्यक्ष दाहालको प्रतिवेदनमा अहिले २ करोड ५० लाख बचत कर्तालाई फिर्ता गर्न बाँकी छ भने पुरानो १ करोड बचत फिर्ता दिन उल्लेख छ । नजिकैको सहकारीसँग एकीकरण गर्ने उदेश्यले आधुनिक बचत तथा ऋण सहकारीसँग कुरा चल्यो । प्रक्रिया अघि बढाउन आधुनिकसँग संस्थाले २५ लाख सापटी लिएको थियो ।

हाल बचत कर्ताको रकम फिर्ता गर्न संस्थाको मुख्य कार्यालयको छेउको करिव १३ धुर जग्गा बिक्री गर्ने तयारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्था परिसरमा रहेको नयाँ भवनमा होटल भाडामा चलाउन भद्रपुरका सन्तोष शर्मा बन्जाडेलाई मासिक १ लाख १० हजारमा दिएको थियो । तर, होटल चलाउन नसकेपछि ४० लाख जति रकम बन्जाडेले तिर्न बाँकी रहेको छ ।

भर्खरै सम्पन्न निर्वाचनबाट दाहालकै नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ । दाहाल यो समेत गरी तीन कार्यकाल लगातार अध्यक्ष भएर काम गरिरहेका छन् ।

समितिको उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा खगेन्द्र रामुदामु, शिवशंकर शाह, हरिवबहादुर वस्नेत, मनमाया भुजेल, सुन्दरी श्रेष्ठ, मनबहादुर मगर, प्रकाश ढुंगाना, युवराज पौडेल, कमला चापागाई पोखरेल रहेका छन् । उपाध्यक्षमा तीर्थराज नेपालले दावी छाडेपछि ओली सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा रविन राउत तथा सदस्यहरुमा यज्ञराज गुरुङ र शसी राई छन् । सर्वसम्मत चयन गराउने निर्वाचन समिति संयोजकमा वीपी भट्टराई तथा सदस्यहरु माधवलाल अर्याल, रोहितकुमार बुढाथोकी, सन्तोष आचार्य र विशालकृष्ण बाँस्तोला रहेका थिए ।

साधारण सभाका अधिकांश वक्ताहरुले राष्ट्रिय पुरस्कार पाउन सफल इतिहास बनाएको सहकारी अहिले तङ्ग्रीएको छैन, सुस्त गतिमा चलिरहेको छ ।

सहकारीमा मकै बेचेर जम्मा गरेको पैसा नपाएर क्यान्सर र मिग्रौलाको डायलासिस गरिरहेका विरामी शेयर सदस्यहरुको बचत रकम फिर्ता गराउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

स्थानीय ज्येष्ठ नागरिक दुर्गादेवी ढकालले उद्घाटन गरेकी कार्यक्रममा नगर समन्वय सहकारी संयोजक वीपी भट्टराई, समाजसेवी डिल्लीराम घिमिरे, बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ लगायतले धिमागतिमा चलिरहेको संस्थालाई तङ्ग्रेयाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा रिडर्स अभियान नेपाल झापाको हालै सम्पन्न रिडर्स फेस्टिबलमा उत्कृष्ट भएका विद्यार्थीहरु र नेपाल जेसीजले वर्ष २०२४ मा देशभरिबाट उत्कृष्ट हुन सफल बाहुनडाँगी जेसीजलाई पनि सम्मान गरेको थियो ।

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रमेश दहालले प्रस्तुत गरेका थिए । महेन्द्रद्वार सहकारीका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष युद्वराज ओलीले र सञ्चालन सदस्य मनमाया भुजेलले गरेकी थिइन् ।

संस्थाको गौरवमय इतिहासलाई सुनौलो पानामा लेख्न सबैको साथ र सहयोग पाएमा सफल बनाउन हरप्रयास कोशिस गर्ने अध्यक्ष दाहालको अठोट रहेको छ ।

।। अर्जुन कार्की ।।

पछिल्लो समाचार

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा झापाली

अघिल्लो समाचार

ज्यामिरगढीमा कारको ठक्करबाट मजदुरको मृत्यु

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.