२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेरो सानैदेखिको सपना पुरा भयो : धनकिरण गुरुङ

पुस २८, २०८१, १:०९ .आइतवार
0
0
0
SHARES
538
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ पुस । ‘मेरो सानोदेखिको सपना थियो । यो स्कुललाई के दिएर सहयोग गरौँ भनेर । आज त्यो सपना पुरा भएको छ’ यो भनाई हो, पूर्व विद्यार्थी समेत रहेका धनकिरण गुरुङको ।

आज धुलाबारी माध्यमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर द गुर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष गुरुङले नयाँ प्रविधिमैत्री कम्प्युटर कक्षा सञ्चालनका लागि ३१ वटा कम्प्युटरसहित टेवल, चियर र कार्पेट उपलब्ध गराएका हुन् ।

धुलाबारी माविको सभाहलमा आयोजित कार्यक्रममा युके स्थित फोक्सटन सिटीका पूर्व काउन्सिलर तथा गायक समेत रहेका गुरुङले पूर्व विद्यार्थी भएको नाताले सानैदेखि सहयोग गर्ने इच्छा भएकोले करिव ३२ लाख २२ हजारको कम्प्युटर ल्याब प्रदान गरेको बताए ।

‘२०३३ सालमा कक्षा–४ देखि यो विद्यालय पढे’, गुरुङले भने–‘०३९ सालसम्म कक्षा–१० पढेर छाडे । त्यसपछि युके लाहुरेमा भिडे । यो विद्यालय छाडेको ४२ वर्षपछि गुरुहरुको मायाले फेरि आए । यहाँका विद्यार्थीलाई युकेको टेक्नोलोजीसँग जोड्न सहकार्य गरिने छ ।’

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरलाई प्रविधिबाट शैक्षिकस्तरको वृद्वि गर्न फण्डले गरेको योगदान अमुल्य रहेको बताए ।

उनले भने ‘उहाँ (बेलायत)मा सबै मेहेनत गर्छन् । यहाँ चोकमा बसेर आलोचना मात्र गर्छौँ । यहाँ पुस्तक पढ्न पुस्तकालय जादैनौँ । उहाँ चोकपिछे पुस्तकालय छ । सबै पुस्तकालयमा व्यस्त हुन्छन् ।’

कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेतीले फण्डको समाजसेवा उच्च रहेको बताउँदै फोक्सटन सिटीका मेयरसहितको टिमलाई सन २०२५ का लागि मेचीनगरले निमन्त्रणा गरेको बताइन् ।

कार्यक्रममा फण्डका दाता एवम् फोक्सटन सिटी स्थित उद्योग बाणिज्य संघका अध्यक्ष रे जोनसनले तेस्रो पटक नेपाल आएको बताएका छन् । उनले यहाँका बालबालिकाहरुलाई सेवा गर्न पाउदा खुशी लागेको बताए । व्यापार तथा समाजसेवामा सक्रिय उनले विद्यार्थीहरुको शैक्षिकस्तर वृद्वि गर्न मैले सक्ने सहयोग रहने उनको भनाई छ ।

कार्यक्रममा गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आजको कार्यक्रमको सहजीकरण फाउण्डेशनले नै गरेको थियो ।

सोही अवसरमा फण्ड र धुलाबारी माविका प्रतिनिधिबीच कम्प्युटर ल्याब हस्तान्तरण गरिएको विषयमा हस्ताक्षर भएको थियो । कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रमको औचित्यमाथि विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले प्रकाश पारेका थिए ।

समाजसेवामा सक्रिय फण्डले यसअघि काँकरभिट्टा माविलाई पनि ३१ वटा कम्प्युटर ल्याव उपलब्ध गराएको थियो ।

धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यार्थी इमिशा फ्याकले गरेकी थिइन् भने सञ्चालन शिक्षक एवम् पूर्व विद्यार्थी रमेश दाहालले गरेका थिए ।

फोटो : देवेन्द्र खरेल

पछिल्लो समाचार

ज्यामिरगढीमा कारको ठक्करबाट मजदुरको मृत्यु

अघिल्लो समाचार

इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.