५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

बीएण्डसीमा एमबीबीएसको पढाइ सुरू

पुस २९, २०८१, ३:२६ .सोमवार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ पुस । झापाकाे बिर्तामोडम नै चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु भएकाे छ ।

बिर्तामोडको बीएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि ५० जना विद्यार्थीलाई एमबीबीएस तहकाे पढाइ सुरु गरेको हो ।

काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर-१२ स्थित धाइजनमा अलग्गै सुविधा सम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ ।

बिर्तामोड-५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज बिगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरु हुनु झापाबासीका लागि गर्वको विषय भएको बताए ।

´समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,` उनले भने–´राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।`

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले खाडी मुलुकमा पसिना बगाएर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनु पर्ने बाध्यता अब हट्ने बताए ।

´झापामा मेडिकल शिक्षा सुरु भएकोमा खुशी छु`, उनले भने-´देशभित्रै पढ्न नपाउँदा वर्षेनी अर्बौ रकम विदेश गइरहेको छ । बीएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पूँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्याउने छ । झापा अब मेडिकल हब बन्ने छ । कलेजको नाफा र घाटा सञ्चालकहरुको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापाबासीको साझा सम्पत्ति हो । हिजोका दिनहरुमा झापालीहरु डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरु भएको छ ।`

महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता वाँस्तोलाले छोरी बुहारीहरुका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् ।

उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नै पर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरुले छुटकारा पाएको बताउदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् ।

नेकपा माओबादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नं. १ का इञ्चार्ज प्रकाश भण्डारीले बीएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरु हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ आयम भएको बताए ।

नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बंगलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न एक करोड तिर्नु परिरहेको बताउँदै बीएन्डसीले जिल्लामै पनपाठन गराउँदा करिव ५० करोड पूँजी विदेश जानबाट रोकिने दावी गरे ।

विदेशी पनि पढ्न थाले

यही पुस २६ गतेदेखि पठनपाठन सुरु भएको  कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

´पश्चिम बंगालको बागडोग्रा बिमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बीएन्डसी पहिलो रोजाई बनेको छ ।  गिरीले भने-´हिजोका दिनमा नेपालीहरु मेडिकल शिक्षा लिन विदेश जानु पर्ने बाध्यता थियो । अब विदेशीहरु धाएर नेपालमा आउन थाले ।`आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापाबासीको दशकौं पुरानो चाहना बल्ल पूरा भएको छ ।`

उनले मेडिकल कलेजका लागि वि.सं.२०६८ मा सरकारबाट आशय पत्र पाउँदा र वि.सं. २०७१ मा ३०० शैयाको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन सुरु हुन एक दशक कुर्नु परेको बताए । बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. उमेश शर्माले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको बताए ।

पठनपाठन सुरु गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बीएन्डसी मेडिकल कलेज रोजेको बताउँदै धाइजन स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए ।

´शान्त र सुविधा सम्पन्न छ पढाउने भवन,` उनले भने-´बेसिक साइन्स भवन पाँच तलाकाे छ । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।`

विद्यार्थीलाई छात्रावास सुविधा, शैक्षिक वातावरण राम्रो रहेको छ । बीएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

झापाको आर्थिक विकासमा बीएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको शर्माको भनाई छ ।

सर्वोच्च अदालतले वि.सं.२०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको थियाे ।

पछिल्लो समाचार

इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो

अघिल्लो समाचार

मन्त्रीले हात्तीको मूर्तिमा पूजा गरेर बाहुनडाँगीमा ‘तरुल उत्सव’ सुरु (भिडियोसहित)

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.