२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मन्त्रीले हात्तीको मूर्तिमा पूजा गरेर बाहुनडाँगीमा ‘तरुल उत्सव’ सुरु (भिडियोसहित)

पुस २९, २०८१, २:०८ .सोमवार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २९ पुस । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा आजदेखि दिनसम्म ‘तेस्रो अन्तराष्ट्रिय तरुल उत्सव’ सुरु भएको छ ।

सोमबारदेखि माघ २ गतेसम्म सञ्चालन हुने बाहुनडाँगीमा ‘तरुल उत्सव’ को कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले हात्तीको मूर्तिलाई गणेश भगवानको रुपमा धुप पूजा गरेर उद्घाटन गरेका हुन् ।

उनले हात्ती प्रभावित क्षेत्र भएपनि यस्ता उत्सवले बाहुनडाँगीलाई गुल्जार बनाउन लाग्नु भएकोमा आयोजक मेचीनगर नगरपालिकालाई धन्यवाद दिएका छन् ।

बिर्तामोडले गर्दा शनिश्चरे बजारको सातो गएजस्तो काँकरभिट्टाका कारण बाहुनडाँगी बजारको पनि सातो गएको उनको दावी छ ।
बाहुनडाँगीलाई हात्तीमैत्री बनाएर पर्यटनसँग जोडेर विकासका लागि प्रदेश सरकार लागि परेको बताए ।

‘प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेका छौँ’, मन्त्री रानाले भने–‘बैशाख १ गते तीनजुरे मिल्के भन्ने गुँरास फुल्ने ठाउँबाट पर्यटन वर्ष सुरु गरिने छ । कोशीका ९० वटा पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न लाग्ने छौँ ।’

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले पर्यटनको हव बनाउन छिमेकी देशहरुसँग सहकार्य गरेरअघि बढ्ने गरिको मेचीनगरले तयारी गरेको बताइन् ।

भारतका पर्यटन विज्ञ सुप्रितम राजबशुले हात्तीमैत्री ब्राण्डलाई पर्यटन मानचित्रमा राख्न तरुल उत्सव प्रभावकारी रहने बताए । भारतका पर्यटन अभियन्ता विश्वदिप शाहले इस्टन नेपाललाई टुरिजममा प्रमोट गर्न हाम्रो तर्फबाट प्रयास गरिने बताए ।

नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीले अर्गानिक तरुल उत्सवले अहिले आहारविहार र खानपिनलाई ध्यानदिन जरुरी रहेको बताए ।

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले तेस्रो अन्तराष्ट्रिय तरुल उत्सव लगाउनुका कारण बारे प्रष्ट पारेका थिए ।

उनले बजार पाइने विषादी तरकारी, चाउचाउ, कोकोकला भन्दा ग्रामिण क्षेत्रमा उत्पादन भएका अर्गानिक खानेकुरालाई प्रर्वद्धन गर्न उत्सव आयोजना गरिएको बताए । गतवर्षको तरुल उत्सवमा २० लाखको कारोवार भएको उनले बताए ।

सोही अवसरमा विद्यालयका बालबालिकाका लागि हात्ती सम्बन्धी जानकारीमुलक पुस्तक समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा काँकरभिट्टा पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले पर्यटन सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

साँझ द गुर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष, फोक्सटन सिटीका पूर्व काउन्सिलर तथा गायक धनकिरण गुरुङका सांगातिक प्रस्तुति रहने छ । त्यस्तै गन्धर्वहरुको गीत तथा अन्य नित्यहरु पनि रहने छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्ष्तामा सम्पन्न उद्घाटन सत्रको स्वागत काँकरभिट्टा पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले र सञ्चालन ग्रिन जेनेरेशन झापाका महासचिव मञ्जिल देवनले गरेका थिए ।

पछिल्लो समाचार

बीएण्डसीमा एमबीबीएसको पढाइ सुरू

अघिल्लो समाचार

वेलायतको कमर्शसँग भगेनी सम्बन्ध राख्ने बाणिज्य संघको प्रस्ताव (भिडियोसहित)

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.