२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

उपाधिका लागि बिर्तामोड र भद्रपुर भिड्दै

माघ १७, २०८१, १:३७ .बिहिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बुद्धशान्ति, १७ माघ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् ।

आजको सेमिफाइनल खेलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
गौरादहका लागि सुरज न्यौपानेले १०९ रन र याम तिम्सिनाले २८ रन बनाएका थिए । १८० रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गरेका थिए ।

गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन । बिर्तामोडलाई जित दिलाउन महत्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाईं खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।

त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ११६ रनको ठुलो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका फाइनल प्रवेश गरेको छ ।

पहिलो ब्याटिङ गरेको भद्रपुरले मेचीनगरसामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अंकित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रनको मद्दतमा भद्रपुरले २०६ रनको योगफल तयारी गरेका थिए ।

मेचीनगरका लागि प्रतियोगीताकै पहिलो ह्याट्रिकसँगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन । २०७ रनको ठुलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२ दशमलव एक ओभरमा अलआउट हुँदै ९० रन बनाउन सफल भयो ।

भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए । प्रतियोगिताको उपाधि खेल शनिबार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष मदन प्रसाईले बताए ।

पछिल्लो समाचार

सलकपुरमा लैङ्गिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श

अघिल्लो समाचार

फुटबल हेर्न आउने दर्शकलाई मोटरसाइकल र टिभी उपहार

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.