मेचीनगर, १७ माघ । इलाम स्थित रोङ गाउँपालिकाका नागरिकहरुलाई लैङ्गिक हिंसा र सहकारी सम्बन्धी दुई दिवसीय कानूनी परामर्श सम्बन्धी तालिम दिइएको छ ।
कारितास नेपालको आयोजनामा रोङ–६ स्थित सलकपुरमा यही माघ १६ र १७ गते लैङ्गिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श सम्बन्धी तालिम दिइएको हो ।
वडाका सहकारी संस्थाका सदस्य, स्थानीय महिला र मेलमिलापकर्ताका लागि उक्त तालिम आयोजना गरिएको आयोजक संस्था कारितास नेपालले जनाएको छ ।
तालिममा सहभागीलाई झापाकी अधिवक्ता सानु कार्की वस्नेत ‘सीता’ ले प्रशिक्षण दिएकी थिइन् । तालिममा २५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा, कानूनी उपचार र सहकारी संस्थाको वर्तमानमा देखिएका समस्या तथा समाधानका उपायका बारेमा प्रशिक्षण दिइएको अधिवक्ता वस्नेतले जानकारी दिइन् ।
कारितास नेपालले विगत १० बर्षदेखि इलाम र झापालाई कार्य कार्यक्षेत्र बनाएर विभिन्न सााजिक कामहरु गरिरहेको छ ।
Discussion about this post