२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सोमबारदेखि मेचीडाँगीमा सांस्कृतिक तथा पर्यटन महोत्सव

माघ १८, २०८१, १:०३ .शुक्रबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ माघ । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् ।

मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् ।

ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए ।

महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको बजारीकरण र प्रर्वद्धनका लागि टेवा पुग्ने उदेश्य लिएको क्लबका सहसचिव पवन प्रधानको भनाई छ ।

विभिन्न उत्पादन र वस्तुहरुका २१ वटा स्टल रहने महोत्सवमा बालबालिकाका विभिन्न मनोरञ्जनका सामग्री, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष पुरीले बताए ।

भारत र इलामको सीमानामा रहेको वडा नम्बर १ को मेचीडाँगी धार्मिक तथा पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र हो । ग्राभिण भेगमा रहेको यो ठाउँको प्रर्वद्धन र विकासका लागि यसपटक युवाहरु उत्साहित भएका छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विश्वमा परिचित कृष्णथुम्की मन्दिर, मिनी माउन्टेन, ४९ धारा पनि यसै क्षेत्रमा पर्दछ ।

कृष्णथुम्की मन्दिर विकास समितिका पूर्व अध्यक्ष समेत रहेका महोत्सवका सल्लाहकार महेन्द्र मल्लले लागूऔषध, विकृति र विसंगतीमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन, यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र पहिचानका लागि सबैको साथ सहयोग भएमा महोत्सव फलदायी हुने विश्वास लिएको बताए ।

महोत्सवमा राष्ट्रिय कलाकार आउँदा बाहेक प्रवेश शुल्क निःशुल्क हुनेछ । राष्ट्रिय कलाकार आउँदा सोही अनुसारको रु.१५० देखि २०० रुपैयाँसम्म टिकटको शुल्क लाग्ने आयोजकले जनाएको छ ।

सामाजिक क्रियाकलापमा सक्रिय क्लबले यसअघि मेचीडाँगीमा भव्य सांस्कृतिक कार्यक्रम गरेर चर्चा पाएको थियो ।

१५ दिनका लागि जिल्ला प्रशासन कार्यालय, वडा र नगरपालिकाबाट अनुमति लिएको महोत्सवको २१ गते उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने भएका छन् ।

 

पछिल्लो समाचार

५१ जना महिलामा पाठेघरको समस्या

अघिल्लो समाचार

होराइजन अलुम्नाई सोसाइटीको अध्यक्षमा पौडेल

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.