मेचीनगर, १९ माघ । इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास) को अध्यक्षमा भूमि पौडेल सर्वसम्मत चयन भएका छन् ।
आज धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविमा पूर्वविद्यार्थीहरुको एक भेलाले अध्यक्ष पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
इहासको वरिष्ठ उपाध्यक्षमा माधव आचार्य, उपाध्यक्षमा सुहाङमा नेम्वाङ, महासचिवमा हिमाल खरेल, सचिवमा श्रीजीत ढुंगाना, कोषाध्यक्षमा अनुज दाहाल र सहकोषाध्यक्षमा पुनित गोयल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दिपक बागदास र सोयल ठकुर, एलिसा बुढाथोकी, विशाल कार्की, इम्मा ढुंगाना, प्रशान्त नेपाल, सेजल सिटौला र श्रेया बानियाँ छन् ।
कार्यक्रममा पूर्वविद्यार्थी भूमि पौडेल, सुदर्शन रिजाल, पुरु शिवाकोटी, महेश खड्का, दिपक बागदास, अस्मिता सुब्बा, पुनित गोयल, सागर श्रेष्ठ, अनुज दाहाल, एलिसा बुढाथोकी, लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
इस्ट होराइजन माविका संस्थापक प्रिन्सिपल सञ्जीव राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख सावित्री सापकोटा राई, अतिरिक्त क्रियाकलाप प्रमुख नविन दाहाल, कोअर्डिनेटर तुलसीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post