बिर्तामोड, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत चयन भएका छन् ।
शनिबार विर्तामोड स्थित सार्य पार्टी प्यालेसमा फोनिजको ७ औँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो ।
तीन बर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष बेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा राई, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया ‘ए’, मीना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा छन् ।
यसैगरी अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दीपिन राई, गणेशमान मुखिया, भूमिका सुब्बा फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई चयन भएका छन् ।
कार्यक्रममा स्व.डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बा, उदीयमान पत्रकारिता पुरस्कारबाट रविकिरण बान्तवा राई र सुजन राईलाई पुरस्कृत गरिएको छ । सुब्बालाई नगद २५ हजार तथा राईद्वयलाई जनही नगद ५ हजार प्रदान गरिएको छ ।
कार्यक्रममा फोनिजको सल्लाहकार, पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा फोनिज झापाको रजत वर्ष स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि देवान, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, पत्रकार महासंघका कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, प्रेस युनियन जिल्ला अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टरका जिल्ला अध्यक्ष पुष्प खड्का, बुद्वशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिना, जनपत्रकार संगठन झापा अध्यक्ष प्रविण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तिलक योञ्जन तामाङले गरेका थिए ।
Discussion about this post