मेचीनगर, २० माघ । नेपाली कांग्रेस मेचीनगर समितिले दश वटा विभाग गठन गरेको छ ।
शनिबार कांग्रेस मेचीनगर समितिको धुलाबारीमा बसेको वैठकले दश वटा विभागहरु गठन गर्ने निर्णय गरेको हो ।
वैठकले विभागहरु गठनसँगै नेता तथा कार्यकर्ताहरुलाई मनोनित समेत गरिएको छ ।
जसअनुसार संगठन विभाग प्रमुखमा धनकाजी खत्री, भातृ तथा संघ–संस्था विभाग प्रमुखमा योगेन्द्र थापा, सूचना तथा सञ्चार विभाग प्रमुखमा मनोज घिमिरे, प्रशासन समन्वय विभाग प्रमुखमा मुकेश लिम्बु, आर्थिक तथा व्यवस्थापन विभाग प्रमुखमा भूमि पौडेललाई मनोनित गरिएको छ ।
यसैगरी महिला समन्वय विभाग प्रमुखमा रीता घिमिरे, युवा परिचालन विभाग प्रमुखमा सन्तोष मेचे, खेलकुद विभाग प्रमुखमा नोवेम्बर नेम्बाङ, कृषि विभाग प्रमुखमा बद्री कार्की र ट्रेड युनियन विभाग प्रमुखमा विष्णु गौतमलाई मनोनित गरिएको छ ।
उक्त वैठक कांग्रेस मेचीनगर सभापति सुदय पनेरुको अध्यक्षतामा बसेको सचिव मनोज घिमिरेले जानकारी दिए ।




Discussion about this post