बिर्तामोड, २० माघ । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम दुईदिन थप गरिएको छ ।
महाेत्सव यही माघ ८ गतेदेखि १९ गतेसम्मका लागि सञ्चालन गरिएको थियाे । महाेत्सवकाे अवधि दुई दिनका लागि थप गरिएको छ ।
महाेेत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्याैपानेले जानकारी दिए ।
मन्दी रहेकाे व्यापार, व्यवसायलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेकाे थियाे ।
बिर्तामोड-५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । दिउँसो ४ वजेसम्म महोत्सव स्थल प्रवेशमा निःशुल्क गरिएको छ ।
प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको वेजाेड प्रस्तुति रहने गरेको छ ।
आज साँझ माघ २० गते राष्ट्रिय कलाकार कमल खत्रीको प्रस्तुति रहने महाेत्सव आयोजक समितिका संयाेजक विशाल थापाले जानकारी दिए ।




Discussion about this post