२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा मंगलबारदेखि ‘एचपिभी’ खोप लगाईने

माघ २०, २०८१, १:३९ .आइतवार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २० माघ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान मेचीनगरमा यही माघ २२ गतेदेखि सुरु गरिने भएको छ ।

आज नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियान अन्तरगत एकदिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था, एचपिभी खोप र अभियानको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

माघ २२ गतेदेखि २९ गतेसम्म नगरभित्र खोप अभियान कार्यक्र सञ्चालन हुनेछ । माघ २८ गतेसम्म विभिन्न विद्यालयमा रहेका खोप केन्द्रबाट र २९ गते खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना रहेको छ ।

कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई एचपिभी खोप प्रदान गरिने सापकोटाले बताइन् ।

सामुदायिक तथा नीजि विद्यालयका कुल पाँच हजार ९ सय ८२ जना छात्रा तथा विद्यालय बाहिरका कुल एक हजार ८२ जना गरी जम्मा ७ हजार ६४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको उनले बताइन् । उनका अनुसार खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

नगरभित्रका सामुदायिक तथा नीजि विद्यालय तथा स्वास्थ्य केन्द्रलाई केन्द्र निर्धारण गरिएको छ भने जसका लागि एक सय स्वास्थ्यकर्मी र १९४ जना स्वयंमसेवकसहित २९४ जना जनशक्ति परिचालन गरिने छ ।

मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले महिलाहरुको ठुलो समस्याका रुपमा रहेको पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिन् ।

उपमेयर उप्रेतीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्ती, स्वास्थ्य शाखा खोप समन्वय समिति, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

महोत्सवको अवधि दुई दिन थपियो

अघिल्लो समाचार

क्यान्सरका विरामीलाई हवाई टिकट फ्री

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.