काँकरभिट्टा, २६ माघ । मेचीनगर नगरपालिकाको प्रवक्तामा वडा नम्बर २ का वडाध्यक्ष दिपक बराललाई तोकिएको छ ।
नगरपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले वडा नम्बर २ का वडाध्यक्ष बराललाई प्रवक्ता तोकेको हो ।
मेयर गोपाल बुढाथोकी नेतृत्वको नगर जनप्रतिनिधिको कार्यकाल बितेको अढाई वर्षपछि नगरले प्रवक्ता पाएको छ ।
नगरपालिकाले यसअघिको कार्यकालमा पनि प्रवक्ता तोकेको थिएन । प्रवक्ताले नगरपालिकाका निर्णय लगायत औपचारिक धारणा सार्वजनिक गर्ने अधिकार प्राप्त हुन्छ ।
प्रवक्ता बराल अध्ययनशील र बौद्धिक युवा जनप्रतिनिधिका रुपमा परिचित छन् ।
Discussion about this post