

मेचीनगर, २७ माघ । मेचीनगर-१५ स्थित हडिया खाेलामा नयाँ पुल बन्ने भएको छ ।
संघिय सरकारकाे अर्थ मन्त्रालयले उक्त खाेलामा पुल निर्माणका लागि बहुबर्षिय श्राेत सहमति गरेपछि नयाँ पुल बन्ने भएको हाे ।
भद्रपुर र मेचीनगर-१५ काे सीमाना जाेडिएकाे हडिया पुल वर्षाैँदेखि भत्केर जाेखिममा रहेकाे छ ।
नेपालकाे पूर्वी नाका काँकरभिट्टाबाट विदेशी पर्यटक भद्रपुर एयरपोर्ट हुँदै काठमाडौं जाने सजिलाे र छिटाे सडककाे रूपमा रहेकाे उक्त पुल भत्केर आवत जावतमा समस्यामा छ ।
जिर्ण रहेकाे पुरानाे पुल भ्वाङ परेर सवारी साधान र पैदल हिड्नेलाई जाेखिम छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पाैडेलले बहुबर्षिय आयोजना अन्तरगत मेचीनगर-१५ काे हडियामा नयाँ पुलका लागि श्राेत सहमतिका लागि निर्णय गरेकाे मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार गत पुस २९ गतेकाे मन्त्रीस्तरीय निर्णयले ०८४ सम्मका लागि बहुबर्षिय आयोजनाका लागि बजेट छुट्टिएकाे छ ।
उनले ३३ करोड ३६ लाख ९९ हजारको लागतमा पुल निर्माण हुने र यसको ठेक्का चालू आर्थिक वर्ष २०८१/०८२ मै लगाइने बताए ।
गतवर्ष पश्चिमी कर्नरमा पुल भ्वाङ परेर भासिएको थियो । केही साता सवारी आवागमन समेत अवरुद्ध भएपछि हाल बालुवा ढुंगाले भ्वाङ पुरिएपछि पुल कामचलाउ अवस्थामा छ ।
स्थानीय स्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत इटहरी स्थित कार्यालयले पुल निर्माणको छिट्टै ठेक्का लगाउने बुढाथोकीले बताए ।
बहुबर्षिय परियोजना भएकाले पहिलो वर्ष ८५ लाख, दोसो वर्ष १६ करोड ६८ लाख ४९ हजार र तेस्रो वर्ष १५ करोड ८३ लाख ४९ हजार बजेट बिनियोजन हुने बुढाथोकीकाे भनाई छ ।
पुल निर्माणमा बजेट सुनिश्चित गरिदिएकोमा मेयर बुढाथोकीले संघीय सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।




Discussion about this post