बिर्तामोड, २७ माघ । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत चयन भएकी छन् ।
अनेम संघ झापाको शनिबारदेखि भएको १० औँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि दाहालकाे नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा रेणुका डाँगी उप्रेती र सीता ढुंगाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा चयन भएका छन् ।
अध्यक्षमा दाहाल निवर्तमान कमिटीमा सचिव थिइन्, उपाध्यक्ष डाँगी साेही पदमा दोहोरिन् भने अर्की उपाध्यक्ष विक सहसचिवमा रहेर काम गरेकी थिइन् ।
यसैगरी सचिवमा सर्वसम्मत भएकी चम्लागाईं कोषाध्यक्ष थिइन् भने सहसचिवमा चयन वस्नेतले निवर्तमान कमिटीकि सदस्य थिइन् ।
निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ।
कमिटीको सदस्यमा हलबाट ८ जना, पालिका भूगोलबाट ४९ जना, समावेशी क्लस्टरहरुबाट १८ जना निर्वाचित हुने उनले बताइन् ।
संयाेजक कट्टेलका अनुसार आज पदाधिकारीहरु सर्वसम्मत चयन भए पनि सदस्यहरुको लागि आवश्यक संख्या भन्दा बढी मनोनयन परेकाले अध्यक्ष मण्डलसँगको परामर्शमा अन्तिम नामावली माघ २९ गते जिल्ला पार्टी कार्यालयकाे सभाहलमा घाेषणा गरिने छ ।
Discussion about this post