८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

के खोज्दै छन् युवाहरु ?

फाल्गुन २, २०८१, १:२६ .शुक्रबार
0
0
0
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter

नेपालको सन्दर्भमा युवाको सोच, युवाको आवाज र युवाको चाहानाको विषयले गतिलै स्थान पाईरहेको छ । युवाको प्रतिनिधित्व सामाजिक र राजनीतिक क्षेत्रमा आवश्यक छ भन्ने भाष्य स्थापित भईरहेको छ । आखिरमा को हुन त समाजले खोजेका युवा ? । के चाहान्छन् त आजका युवाले ?

प्रश्न जति गहकिलो छ, उत्तर त्यति सहज र सजिलो छैन् । तथापी यसको सरल उत्तर रोजगारी, सुरक्षा, देश विकासमा साझेदारी अनि गतिशिलता नै हो । युवा केन्द्रीत आवाज उठिरहँदा धेरैले भ्रम सृजना गर्न प्रयाप्त अवसर पनि पाईरहेका छन् । युवाको नाममा भाग खोज्न, देश भित्रको आपसी सदभाव भड्काउन, देश बनेन र कहिले बन्दैन भनेर निरासा पैदा गर्न परिचालित देखिन्छन् ।

तर, वास्तविक युवाले देश आस्थिरतातर्फ जाहोस् भन्ने चाहेको छैन उसको चाहाना सामान्य छ । यही देशमा आफ्नो परिवारसँग वसेर जीवन चलाउन सकियोस्, भावी पुस्तालाई यही राम्रो भविष्य निर्माण गर्न सकियोस्, देशले विकासको फड्को मारोस् र गर्वका साथ म यो देशको युवा भन्न पाईयोस्, बास त्यति हो ।

युवाको नाममा जुन अराजकता चलिरहेको छ यसले अब कहाँ पुराउँला त ? खासमा बहुदलीय ब्यवस्था आएपछि देशले ठुलै गति लिन्छ भन्ने आम नागरिकको विश्वास र बुझाई थियो । त्यस पछिको सरकार निर्माण र अस्थिर राजनीतिक स्थितिले विस्तारै जनतामा नैराश्यता पैदा गर्दै लग्यो । यसमा युवाहरुको पनि कमजोरी होला ।

किनकी, युवाहरुलाई कसैको गुट, उपगुटमा सामेल गराए होला, भरपुर प्रयोग गरे होला, एउटा नेताको पछि लाग्न बाध्य बनाए होला । तर, समग्रमा युवाहरु देश बनाउन सबै एकजुट भएर कसैको स्वार्थको पछि लाग्न हुँदैन । तव मात्र देश बनाउन सकिन्छ । यो कुरा चाहिँ युवा पुस्ताले बुझ्नु पर्छ ।

केहि नभएको हैन भएको कामहरु संस्थागत हुन सकेनन् । केहि भएको छैन भन्ने प्रचार बढ्न थाल्यो । सरकार ढाल्ने र बनाउने काममा व्यस्त रहँदै गर्दा नेता र नेतृत्वले वास्तविक जनताको मुद्दा बिर्सिए कि भन्ने भान हुन थालेको छ । सामाजिक सञ्जाल (फेसबुक) को अधिक प्रयोगबाट परिचालित जमात संगठित हुँदै गयो र केहि भएन भन्ने हावालाई वेसरी वेग दिन थाल्यो । अनि अझै नैराश्यता र नकारात्मकताले मानिसको मन, मस्तिस्कमा घर गर्दै गयो र आजको स्थिति सृजना हुन गएको घाम जस्तै छर्लङ्ग छ ।

त्यसो भए काम नभएको र राजनेताहरुले भने जति काम नगरेकै हुन् त ? नेतृत्व तह पनि आवश्यक रुपले सुध्रिनै पर्ने देखिन्छ । एउटा सशक्त आन्दोलनबाट स्थापित शासन व्यवस्था र संघियताको पहिलो अभ्यासमा राजनेताहरुले खेलेको भुमिका प्रयाप्त छैन । यसमा अनिवार्य नेता सुध्रिर्न आवश्यक छ । तर, हामीले पनि देशको शासन व्यवस्था, संविधानको परिकल्पना गरे अनुसार व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार तथा सीमालाई बुझ्न जरुरी छ ।

निर्वाचित जनप्रतिनिधि सर्वअधिकार बोकेर बसेका छन् र उनीहरुले जे पनि गर्न सक्छन् भन्ने कुराको परिभाषालाई हामीले बदल्न सक्नु पर्छ । जनप्रतिनिधि पनि कानूनबाट निर्दिष्ट हुन्छन्, उनीहरुको पनि सीमा क्षेत्र हुन्छ । कानूनले जनप्रतिनिधिहरुलाई पनि बाँधेको हुन्छ । जनप्रतिनिधिहरुपनि कानून अनुसार चलिरहेका छन् र चल्नु पर्छ भन्ने कुरा बुझ्नु पर्यो ।

ट्राफिकले बिना लाईसेन्सवाला सवारीसाधानका धनीलाई समात्दादेखि विभिन्न पदमा नियुक्ति, चन्दा लगायतमा सबै भन्दा पहिला राजनेता र जनप्रतिनिधि खोज्दा यस्ता थुप्रै समस्याहरु आउने गरेका छन् । जसले गर्दा हामीले कानूनी राज्यको स्थापना गर्न सक्दैनौँ । सकारात्मक र सृजनशील ढंगबाट उनीहरुको कामलाई थप दबाव सृजना गरेर जिम्मेवार बनाउनु पर्छ ।

आजको युवा जिम्मेवार छ, अध्ययनशिल छ । देशको गरिमालाई बुझेको छ । त्यसैले युवा अस्थिरताको पक्षमा छैन । नीति, निर्माणको ठाँउमा बसेकाहरुसँग सन्तुष्ट छैन । तर, देशमा केहि भएन र अब केहि पनि हुँदैन भन्ने भ्रमबाट युवाहरु सचेत छन् ।

अन्त्यमा, यो देशमा बस्ने सबैले स्थाइत्व, सकारात्मक समाज निर्माणमा आ–आफ्नो क्षेत्रमा विचलित नभई भूमिका निर्वाह गरे तपाई, हामीले सोचेको जस्तै देश निर्माणमा कुनै समय नलाग्ने कुराको यथार्त बुझ्न धेरै टाडा जानु पर्दैन । उदाहरणका लागि दश–पन्ध्र वर्ष पनि भएको छैन विकासमा फड्को मारेको दुवई र नर्वे । यस्ता धेरै स–साना देशहरुले युरोप र अफ्रिकन मुलुकहरुसँग आर्थिक र सामाजिक विकासमा क्रान्ति गरिरहेको सबैमा अवगत नै छ ।

भर्खरै बंगलादेशमा युवा विद्यार्थीहरुले छेडेको आन्दोलनले जरा गाडेर बसेको सत्ताका हिमायतीहरुलाई च्युत गर्न सफल भयो । विद्यार्थीहरुलाई राजनीतिको दाउपेचमा मात्रै सधै राख्नेहोइन कि उनीहरुको क्षमता विकास र सामाजिक गतिविधिमा सक्रिय बनाउन नेतृत्वले उत्साह र हौसला थप्ने काम गर्नु पर्छ ।

विकासको तिव्र गतिमा उडान भरिरहेका साना तथा ठुला देशहरुमा युवाहरुको अग्रणी भूमिका रहेको छ । युवाहरुलाई उत्पादन, उद्यमशीलता, सामाजिक, खेलकुद, प्राविधिक लगायतका क्षेत्रमा जोड्न सके रोजगारीका लागि अर्काको देशमा श्रम खर्चेर पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गर्ने बातावरण बनाउन सत्ता सञ्चालन गर्ने नेतृत्वहरुमा चेत आउन जरुरी छ । त्यसो गरे मात्र देशमा केहि भएन होइन, देश बन्दैछ भन्ने सन्देश आम नागरिकहरुलाई दिनु पर्छ ।

(लेखक पौडेल अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्य एवम् त्रिदेव क्याम्पसका इन्चार्ज हुन् ।)

पछिल्लो समाचार

प्रेस चौतारी कोशी प्रदेश अध्यक्षमा सुमन पुरी

अघिल्लो समाचार

आजदेखि झापामा ´पूर्वाञ्चल क्यान्सर सम्मेलन`

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.