८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रेस चौतारी कोशी प्रदेश अध्यक्षमा सुमन पुरी

फाल्गुन १, २०८१, ४:५६ .बिहिबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ फागुन । प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी सर्वसम्मत चयन भएका छन् ।

बुधवार विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको हो । पुरी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए ।

पुरीको अध्यक्षतामा ४९ जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिमा ११ जना पदाधिकारी र ३८ जना सदस्य रहेका छन् ।

कार्यसमितिको उपाध्यक्ष युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी, छ जना सचिवहरूमा लक्ष्मी उप्रेती, रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मन्जु डाँगी र गणेश बिष्ट र कोषाध्यक्षमा विशाल नेम्बाङ रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शिशिर चौलागाई, राजकुमार ओली, उमानाथ भण्डारी, प्रकाश पौडेल, भुमिराज पराजुली, अच्यूत सुवेदी, सुदिप अधिकारी, सरोज चौलागाई लगायत छन् ।

अधिवेशन उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष वस्नेत, नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले केन्द्रीय सदस्य एवम् कोशीका ईन्चार्ज जीवन घिमिरे, नेकपा एमालेका केन्द्रीय सल्लाहाकार सदस्य बिनोद ढकाल, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, नेकपा एमाले कोशी प्रदेश प्रचार विभागका संयोजक लक्ष्मण तिवारी, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ (नवोदित), प्रेस सेन्टरका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राई, नेपाली प्रवासी मञ्चका उपाध्यक्ष चानक पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सञ्चार विधेयक चाँडै आउँछ : मुख्यमन्त्री

कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्कीले संसदमा टेवुल भएको सञ्चार प्रतिष्ठानको विधेयक सबैको राय सुझाव लिएर पारित गरिने बताए । यही विषयमा अहिले (विहीबार) विराटनगरमा नेपाल पत्रकार महासंघको आयोजनामा सरोकारवालाहरुसँग छलफल चलिरहेको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतमले सरकारले ल्याएको ६ वटा विधेयक संसदबाट चाडै पारित हुने दावी गरे ।

सोही अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लाका चौतारीका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघमा निवौचित हुने अध्यक्षहरुलाई सम्मान गरिएको जिल्लाका संस्थान अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

झापाबाट सम्मानित हुनेमा चौतारीका संस्थापक अध्यक्ष स्वर्गीय नेत्र पाठक, चौतारीबाट नेपाल पत्रकार महासंघ झापा शाखामा पहिलो अध्यक्ष भएका माधव विद्रोही लगायतलाई सम्मान गरिएको थियो । स्वर्गीय पाठकको सम्मान उनकी वुहारी हेमा पाठकले ग्रहण गरेकी थिइन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष अविजाल विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनको स्वागत उपाध्यक्ष सुमन पुरीले र सञ्चालन महासचिव बाबुराम भण्डारीले गरेका थिए ।

यसैबीच अधिवेशनले १३ बुँदे घोषणा पत्र जारी गरेको छ ।

यस्तो छ घोषणा पत्र

प्रेस चौतारी नेपाल कोशी प्रदेश समिति दोस्रो अधिवेशन २०८१ द्वारा जारी

विराटनगर घोषणापत्र

आम श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपालको कोशी प्रदेश समितिको बुधवार मिति २०८१ माघ ३० गते मोरंग जिल्लाको ऐतिहासिक तथा औद्योगिक शहर विराटनगरमा आयोजित दोस्रो प्रदेश अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले निम्नानुसारको घोषणापत्र जारी गर्दछ ।

१) मुलुकमा क्रियाशिल सम्पूर्ण राजनीतिक शक्ति, तिनका भातृ संघ संगठन एवम् सामाजिक संघ संस्थाहरुलाई संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि प्रतिबद्ध हुन अधिवेशन ध्यानाकर्षण गराउँदछ ।

२) नेपाल सरकारले राष्ट्रपतिबाट प्रमाणित गराई जारी गरेको सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धि अध्यादेशलाई चालु संसदमा पेश गरी व्यापक छलफल पछि ऐन बनाउन जोडदार माग गर्दछ ।

३) कोशी प्रदेश सरकारले बनाएको प्रदेशको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य छ । प्रस्तावित विधेयकमाथि व्यापक छलफल गरी यसै अधिवेशनमा पारित गरी चालु आर्थिक वर्षबाटै कार्यान्वयनमा ल्याउन प्रदेश सरकारसमक्ष यो अधिवेशन आग्रह गर्दछ ।

४) सञ्चार संस्था, प्रतिष्ठान तथा पेशागत संगठनहरुमा महिला, दलित तथा सीमान्तकृत समुहको अर्थपूर्ण सहभागिताको लागि यो अधिवेशन माग गर्दछ ।

५) स्थानीय सरकारबाट प्रकाशन÷प्रशारण गरिने विज्ञापनहरु प्रकाशन÷प्रशारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरुले पाउनुपर्छ । यसको कार्यान्वयनका लागि सम्पूर्ण पालिकाहरुलाई यो अधिवेशन ध्यानाकर्षण गराउँदछ ।

६) अनलाइन न्यूज पोर्टलहरुलाई पनि संघीय सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन प्रदान गरेर स्थानीय मिडियाहरुलाई बचाउन यो अधिवेशन जोडदार माग गर्दछ ।

७) समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्दछ ।

८) पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि तीनै तहका सरकार र यसका अंगहरुको ध्यानाकर्षण गराउँदछौं ।

९) जिम्मेवार पत्रकार, जवाफदेही पत्रकारिताको मर्मलाई अंगिकार गर्न यस कोशी प्रदेशका सबै पत्रकारहरुमा ध्यानाकर्षणसहित आग्रह गर्दछौं ।

१०) पछिल्लो समयमा आम सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकारविरुद्ध विद्युतिय अपराध (साइबर क्राइम)मा मुद्दा चलाउने सम्बन्धित निकायको दुराशायपूर्ण कदमप्रति यो अधिवेशनको गम्भिर ध्यानाकर्षण भएको छ ।

११) पछिल्लो समय कोशी प्रदेशभित्र देखिएका पहिचानसम्बद्ध आन्दोलनहरुलाई वार्ता र संवादको माध्यमबाट तत्काल समाधान गर्न संघीय तथा प्रदेश सरकारसमक्ष आग्रह गर्दछौं ।

१२) आउँदो २०८२ साललाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउन गरेको घोषणालाई सफल बनाउन यो अधिवेशन समर्थन गर्दछ ।

१३) विराटनगर महानगरको समृद्धिका लागि आवश्यक सहयोग गरिदिन संघीय सरकारसमक्ष यो अधिवेशन माग गर्दछ ।

संयोजक गोपाल काफ्लेले प्रस्तुत गरेको घोषणा पत्रको मस्यौदाको सदस्यद्वय चिना थापा र हिमाल दाहाल रहेका थिए ।

पछिल्लो समाचार

१४०० केजी अवैध माछा बरामद

अघिल्लो समाचार

के खोज्दै छन् युवाहरु ?

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.