बिर्तामोड, २ फागुन । आजदेखि झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा धुलाबारी स्थित हाेटल मेची क्राउनमा हुने सम्मेलनमा सार्क राष्ट्रका ३५० जना डाक्टरहरुको सहभागिता रहने भएको हाे ।
सम्मेलन आजदेखि बिर्तामोड स्थित अस्पतालको सभा हलमा भएको छ ।
शनिबार र आइतवार मेची क्राउनमा हुने अस्पतालका मेडिकल डाइरेक्टर एवम् सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले जानकारी दिए ।
सम्मेलनमा एकसय जना डाक्टरहरुले कार्यपत्रमाथि छलफल गरिने बताइएकाे छ ।
दुई वर्षमा एकचाेटी हुने सम्मेलनमा यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्प्तालले हाेटल मेची क्राउनमा आयोजना गरेको थियो ।
आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा डा. यादवले अहिले नेपालकाे मुख्य जटिल समस्यामा स्तन र जीआई क्यान्सरका विषयमा सम्मेलन केन्द्रीत हुने बताए ।
पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्रा.डा. मदनकुमार पिया, पूर्व अध्यक्ष डा. राजेन्द्र बराल, बीएण्डसी मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको सहभागिता रहेकाे थियाे ।




Discussion about this post