काँकरभिट्टा, २ फागुन । मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आएका कुल एकसय ३७ वटा मुद्धा मध्ये ८२ वटा मुद्धा फर्स्याैट भएको छ ।
नगरपालिकाको न्यायिक समितिका अनुसार आर्थिक वर्ष २०७९÷८० बाट २०८०÷८१ मा जिम्मेवारी सरी आएका ३१ वटा मुद्धा र गत असार मसान्त सम्म दर्ता भएका १०६ मुद्धा गरी जम्मा १३७ वटा मुद्धा दर्ता भएको छ ।
न्यायिक समितिकी अधिकृत छैटाैँ इन्दिरा खरेलले एकसय ३७ वटा मुद्धा मध्ये ८२ वटा मुद्धा फर्स्याैट भएको बताएकी छन् ।
खरेलका अनुसार १३७ वटा मुद्धामा ५२ वटा जग्गा साँध सीमाना सम्बन्धी, ३५ वटा लेनदेन सम्बन्धी, ५ वटा अंश सम्बन्धी, २ वटा क्षतिपूर्ति सम्बन्धी, ६ वटा पारिवरिक विवाद सम्बन्धी, १० वटा बाटो पैनी ड्रेन अतिक्रम सम्बन्धी, एउटा पोखरी ठेक्का, एउटा हिसाव फरफारक सम्बन्धी, ४ वटा निर्माण कार्य रोक्का सम्बनधी, एउटा वातावरण प्रदुषण सम्बन्धी, एउटा वैदेशिक रोजगार सम्बन्धी, एउटा गाली वैइज्जती सम्बन्धी रहेका छन् ।
त्यस्तै २ वटा मुद्धा घर टहरा, टावर हटाई पाउँ भन्ने सम्बन्धी, २ वटा घर भाडा दिलाई पाउँ सम्बन्धी, ५ वटा घर खाली गराई पाउँ भन्ने सम्बन्धी, ६ वटा जग्गा रोक्का सम्बन्धी, एउटा नागरिकता बनाई पाउँ भन्ने सम्बन्धी, एउटा धरौटी रकम बुझाई पाउँ भन्ने सम्बन्धी र एउटा जग्गा नामसारी गरिपाउँ भन्ने सम्बन्धी मुद्धा दर्ता भएको उनको भनाई छ ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले न्यायिक समितिमा दर्ता भएका १३७ वटा मुद्धामा ८२ वटा मुद्धा फर्स्याैट भएको र ५५ वटा मुद्धा मेलमिलापको प्रक्रियामा रहेको बताइन् ।




Discussion about this post