झापा, ६ फागुन । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तरगतको परियोजना स्थगित भएको छ ।
नेपाल सरकारलाई एमसीसी अन्तरगतको परियोजना स्थगित बारे २०८१ फागुन २ गते इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तरगत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो ।
युएसएड अन्तरगतका विभिन्न ६ वटा परियोजना रद्द गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ । तर, एमसीसीका सन्दर्भमा भने ढिला गरी दायित्व सृजना हुने काम नगर्नू भन्ने सन्देश आएको छ ।
Discussion about this post