१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

भद्रपुर झापा गोल्डकप : पहिलो खेलमै मछिन्द्र बाहिरियो

फाल्गुन ८, २०८१, १:१६ .बिहिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ८ फागुन । बी डिभिजन लिगको तयारी गरिरहेको झापा–११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई पहिलो खेलबाटै घर फर्काएको छ ।

झापा–११ एफसीले मछिन्द्र फुटबल क्लबलाई हराउँदै भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा झापा–११ एफसीले आज भद्रपुर स्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि थप गोल भने हुन सकेन । खेलको २१ औँ मिनेटमा झापाका स्टाइकर पेनाल्टी एरियामा अनर्माक रहेका बोहोराले पाएको अवसर खेर फाले ।

६२ औँ मिनेटमा काउन्टर अट्याक गरेका झापाका हरिबहादुर आले मगरको पावरफुल प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरे । खेलको ७८ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपर श्रेष्ठले रोके । ८० औँ मिनेटमा एलन थापाले गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउन चुक्यो ।

मछिन्द्रले खेलको २० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । सनिस श्रेष्ठको कर्नर प्रहारमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो । ३८ औँ मिनेटमा सौरभ लिम्बूको कडा प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरे ।

८१ औँ मिनेटमा अशिषेक गुरुङ, दयानन्द सिंह र सनिस श्रेष्ठले पेनाल्टी एरियामा पाएको अवसर गुमाए । ८६ औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्र निराश बनेको थियो ।

खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकदिन एकजना दर्शकले दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुई वटा चाँदीको सिक्का पाएका छन् ।

पछिल्लो समाचार

मेचीनगरमा ४,८८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

अघिल्लो समाचार

यस्ता छन् नगर शिक्षा समितिका निर्णयहरु

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.