२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

यस्ता छन् नगर शिक्षा समितिका निर्णयहरु

फाल्गुन ८, २०८१, २:०६ .बिहिबार
0
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ फागुन । मेचीनगरमा शिक्षा ऐन लागू भएपछि नगर शिक्षा समितिको पहिलो वैठकले महत्वपूर्ण चारवटा निर्णयहरु गरेको छ ।

विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर शिक्षा नियमावली २०८१ बमोजिम समितिको पहिलो वैठकले चार वटा निर्णयहरु गरेको छ ।

नगर शिक्षा अधिकारी होमनाथ भण्डारी सदस्य सचिव रहेको समितिले वैदेशिक रोजगारका शिलशिलामा गएर मृत्यु तथा घाइते भएका ११ जना नागरिकको सन्ततिहरुको परिवारलाई सरकारले उपलब्ध गराउने वैदेशिक रोजगार छात्रवृतिलाई वैदेशिक रोजगार वोर्डमा सिफारिस पठाउने पहिलो निर्णय गरेको हो ।

छात्रवृति अनुसार १८ वर्ष ननाघेका ११ जनामध्ये कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले १२ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले १६ हजार रुपैयाँ पाउने छन् ।

दोस्रो, आधारभूत तह (कक्षा–८) उर्तिण परीक्षा समितिलाई पूर्णता दिने निर्णय गरेको छ । तेस्रो शिक्षा शाखाबाट नगरपालिकाको शैक्षिकस्तर झल्काउने तथ्याङ्क र विवरणसहितको ब्रुसर विद्यालयहरुलाई उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, चौँथो संस्थागत विद्यालयको सञ्चालक समितिको अध्यक्ष तोक्ने जिम्मेवारी शिक्षा शाखालाई दिने निर्णय गरेको छ ।

प्रत्येक विद्यालयहरुबाट अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएर आएकोमा एक जना अध्यक्ष चयन गरेर लाने जिम्मा नगर शिक्षा अधिकारीले पाएका छन् ।

नगरप्रमुख बुढाथोकीले शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा भौतिक पूर्वाधार, व्यवस्थापन, शैक्षिकस्तर वृद्वि गर्न र करका विषयमा नीति बनाएर कार्यान्वयन गर्दै जाने बताए ।

मेचीनगरमा शिक्षा नियमावली २०८१ असोज १६ गते नै प्रमाणिकरण भएको थियो । नगरले शिक्षा ऐन २०७६ मा नै जारी गरेको थियो । शिक्षा ऐन कार्यान्वयन गर्नका लागि नगर शिक्षा समिति सक्रिय भएको बताइएको छ ।

नगर शिक्षा समितिको अध्यक्षमा नगरप्रमुख बुढाथोकी, उपाध्यक्षमा उपप्रमुख मीना पोखरेल उप्रेती तथा सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, ६ नम्बर वडाका वडाध्यक्ष एवम् कार्यपालिका सदस्य ललितबहादुर तामाङ, कार्यपालिका सदस्य कविता खनाल मिजार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका तर्फबाट गणेशविक्रम नेम्बाङ, सामुदायिक विद्यालयका प्रधानाध्यापकका तर्फबाट शुक्रराज घिमिरे, निजी विद्यालयको तर्फबाट प्रतिनिधि केशर तिम्सिना, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष होमराज ढकाल र सदस्य सचिवका रुपमा नगर शिक्षा अधिकारी भण्डारी रहेका छन् ।

पछिल्लो समाचार

भद्रपुर झापा गोल्डकप : पहिलो खेलमै मछिन्द्र बाहिरियो

अघिल्लो समाचार

राष्ट्रिय जनसांस्कृतिक महासंघ मेचीनगर अध्यक्षमा चक्र

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.