५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगी खानेपानी

उपभोक्तालाई मासिक रु.१०० मा बीस हजार लिटर पानी

फाल्गुन १०, २०८१, ७:५२ .शनिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

बाहुनडाँगी, १० फागुन । विगतमा खोलाको पानी खाइरहेका मेचीनगरका तीन वटा वडाका उपभोक्ताले पछिल्लो समय मासिक एकसय रुपैयाँमा बीस हजार लिटर पानी प्रयोग गर्न पाएका छन् ।

बाहुनडाँगी सिद्विखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सञ्चालनमा आएपछि मेचीनगर–१, २ र ४ नम्बर वडाका उपभोक्ताले मासिक एकसय रुपैयाँमा बीस हजार लिटर पानी पिउन र प्रयोग गर्न पाएका हुन् ।

२०६९ सालदेखि निरन्तर ३ कार्यकाल समालिरहेका संस्था अध्यक्ष सनत अधिकारीले हाल करिव १३०० उपभोक्ताहरुले यो सेवा लिइरहेको बताएका छन् । समयमा तिर्ने उपभोक्तालाई छुटको व्यवस्था र सामूदायिक विद्यालयहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

संस्थालाई पछिल्लो समयमा १८ करोड ४३ लाख ६३ हजार ९३६ रुपैयाँको आयोजना आएपछि भौतिक पूर्वाधारहरु थपिएका छन् । वडा नम्बर १, २ र ४ का विभिन्न स्थानमा संस्थाले खानेपानीका ढल, बोरिङ, ट्याङ्की, कम्पाउण्ड वाल, भवन, पानीको प्रशोधन लगायतका कामहरु सम्पन्न गरिसकेको छ ।

यही फागुन महिनाभित्र नयाँ बनिएका बोरिङहरुबाट थप उपभोक्ताहरुलाई पानीको सुविधा दिने गरी तयारी गरिएको छ । संस्थाको १५ लाख लिटर क्षमता रहेको पानीको ट्याङ्कीबाट करिव ३५ सय उपभोक्तालाई सेवा प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

वडा नम्बर १ को रामजानकी मन्दिर छेउ निन्दा सिरानमा नयाँ एउटा डिप बोरिङ, देवीगञ्जमा नयाँ एउटा डिप बोरिङ, वडा नम्बर ४ आल्डाँगीको भोर्लेनीमा नयाँ एउटा डिपबोरिङ र वडा नम्बर २ को काँडेमा श्यामपोयलसहित पानी प्रशोधन केन्द्र स्थापना भएको छ ।

उक्त भवन र डिप बोरिङहरु निर्माण गर्न स्थानीयले जग्गादान गरेका छन् । वडा नम्बर ४ को आल्डाँगीको २ कठ्ठा जग्गा स्थानीय स्व.श्याम र तारा सुवेदीबाट, वडा नम्बर २ को काँडेको २ कठ्ठा ३ धुर जग्गा राधिका तामाङबाट, वडा नम्बर १ को भट्टराई चोकको १ कठ्ठा १२ धुर जग्गा कोमलप्रसाद भट्टराईबाट, वडा नम्बर १ कै देविगञ्जको १ कठ्ठा १० धुर जग्गा खिवलाल भट्टराईबाट, वडा नम्बर १ कै निन्दाको १२ धुर जग्गा पूर्णिमा कट्टेलबाट, वडा नम्बर २ को रामजानकी मन्दिर छेउको ६ धुर जग्गा खेमराज ढकालबाट र सोही ठाउँको ५ धुर जग्गा सुरेश घिमिरेबाट अनुदान प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

संस्थाको हाल पुरानो र नयाँ खरिद गरिएको जग्गा १ विघा १२ कठ्ठा १८ धुर रहेको छ । यसअघि संस्थालाई मेचीनगर नगरपालिका, तत्कालिन जिल्ला विकास समिति, गाविस, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, संघिय खानेपानी विराटनगर लगायतले बजेट विनियोजन गरेको थियो ।

संस्थाको स्थापनाकालमा संस्थापक अध्यक्ष भगिरथ घिमिरेले वडा नम्बर १ को मुख्य मुहानको जरुवा पानीबाट पानी प्रशोधन गरेर पहिलो पटक ४८० वटा धारा उपभोक्तालाई वितरण गरेर सुरु गरेका थिए ।

उनको ५ वर्षे कार्यकाल सकिएपछि २ कार्यकाल हिम्मत क्षेत्रीले समालेका थिए । त्यसपछि संस्थाको ३ वर्षे कार्यकाल बनाएपछि ०६९ सालदेखि हालसम्म अध्यक्षमा अधिकारी नै छन् ।

संस्थाको यही फागुन १७ गते अधिवेशन हुँदैछ । अधिवेशनपछि अध्यक्ष अधिकारीको कार्यकाल सकिदैछ । अध्यक्ष अधिकारीले आयोजना सुरु हुनुअघि यहाँका जनताले खोलाको पानी पिउने गरेको बताए । पानी प्रशोधन नहुँदा सुरुमा उपभोक्ताले धमिलो पानी समेत पिउन बाध्य भएको उनले तितो अनुभव सुनाए ।

शनिबार संस्थाले मेचीनगरका सञ्चारकर्मीहरुलाई आयोजना भएका स्थानहरुमा स्थलगत अवलोकन भ्रमण गराएका छन् ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

काँकरभिट्टाको पार्किङ व्यवस्थापनमा जुट्दै मेचीनगर

अघिल्लो समाचार

झापा–११ एफसी सेमिफाइनलमा

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.