झापा, ११ फागुन । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा सहयोग गर्नेहरु बढ्न थालेका छन् ।
आज पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गरेकी थिइन् ।
उनले आइतबार पत्रकार उपचार सहयोग कोषकी संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई बिर्तामोड स्थित निवासमा बोलाएर उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
यही माघ २२ गते प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एव् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम दिने घोषणा गरेकी थिइन् ।
यस्तै कोषमा संयोजक शिवाकोटीले पनि स्थापना दिवसमा २५ हजारको चेक दिएकी थिइन् । कोषमा यसअघि चौतारी र अन्य पत्रकार संघ–संगठन र व्यक्तिगत सहयोग आइरहेको छ र धेरैले घोषणा पनि गरेका छन् ।
Discussion about this post