४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भद्रपुर झापा गोल्डकप

एपिएफलाई हराउँदै भुटान सेमिफाइनलमा

फाल्गुन १२, २०८१, ६:३५ .सोमवार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ फागुन । भुटानको डागा युनाइटेड फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ ।

भद्रपुर स्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो ।

त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए ।

मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए । खेलको ६३ औँ मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई ३–२ पुर्यायो । भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।

खेलको २५ औँ मिनेटमा भुटानका लाक्पा पाख्रिनले अवसर गुमाएका थिए । एपिएफका डिफेन्सले बल पोजिसन गुमाउँदा अगाडि लगेको बल पाख्रिनले विपक्षी गोलकिपर अञ्जल श्रेष्ठसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेन ।

खेलको ७० औँ मिनेटमा भुटानका हेमराज भुजेलले पेनाल्टी एरिया नजिकैबाट गरेको कडा प्रहार एपिएफका गोलकिपर श्रेष्ठले पञ्च गरेर बचाए ।

खेलको ४३ औँ मिनेटमा एपिएफका मणिकुमार लामाको प्रहारमा युवराज खड्काको हेडर बाहिरियो । खेलको ६१ औँ मिनेटमा अनिश महर्जन भुटानका गोलकिपर फुन्सो जिग्मेसँग वान टु वानको अवस्थामा पनि गोल गर्न सकेनन् ।

खेलको ८४ औँ मिनेटमा मणिकुमार लामाको फ्रिकिक प्रहारमा पेनाल्टी एरियाबाट सुमन श्रेष्ठले हेड गरेको बललाई भुटानका गोलकिपर रुपकले पञ्च गरेर बचाए ।

खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेलले भए । उनले नगद २१ हजार र ट्रफी पाए । खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपिएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताए । टिममा भुटानसहित केही बाहिरका खेलाडी रहेकोले फाइनल प्रवेशका लागि केही खेलाडी परिवर्तन गर्ने उनको भनाइ छ ।

त्यस्तै, एपिएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेका टिम नै झापा आएको र खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार व्यहोर्नु परेको बताए । एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीहरूमाथि असर परिरहेको उनको भनाइ छ ।

सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजजको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले बताए ।

पछिल्लो समाचार

चौतारीले घोषणा गर्यो नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति

अघिल्लो समाचार

घिमिरेले जन्मोत्सवमा गरे ‘व्यवसायी राहत कोष’ मा सहयोग

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.