बिर्तामोड, १२ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राजकुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेले कोषमा सहयोग गरेका हुन् ।
श्रीमती मीनादेवी भट्टराई घिमिरेसहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।
व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख भन्दा बढी रकम संकलन भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसँगै बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्रसहित सम्मान गरेको छ ।
उनले यसअघि बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई भोजनसहित फलफूल वितरण गरेका थिए । उनले आफूहरुले स्थापना गरेको व्यवसायी राहत कोषका लागि समेत रकम प्रदान गरेका थिए ।
आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलले समेत उनको जन्मदिनको अवसरमा वृद्धाश्रम पुगेर सुवेक्षा सहितको शुभकामना दिएका थिए । उनी लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष समेत हुन् ।
बिर्तामोडमा राजु सप्लायर्स (हार्डवेर व्यवसाय) सञ्चालन गरिरहेका घिमिरेले हरेक वर्ष आफ्नो जन्मदिन र पितृको स्मृतिमा विभिन्न आश्रममा पुगेर त्यहाँ रहेका वृद्धवृद्धा र असाहय वालवालिकालाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।
Discussion about this post