मेचीनगर, १३ फागुन । रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले गत मंसिरमा आयोजित ऐतिहासिक प्रथम रिडर्स फेस्टिबलले चेतनाको राँको बाल्ने अभियान सुरु भएको बताएका छन् ।
रिडर्स अभियान नेपालले गत मंसिर २८, २९ र ३० गते सञ्चालन गरेको रिडर्स फेस्टिबलले पठन संस्कृतिको विकास भएका मानव जातिमा चेतनाको राँको बाल्ने अभियान सुरु गरिएको अध्यक्ष आचार्यको दावी छ ।
आज ईटाभट्टा स्थित किङ पप रेष्टुरेन्टमा पत्रकारसँगको भेटघाटमा अध्यक्ष आचार्यले त्यस्तो कुरा बताएका हुन् ।
अभियानले सुसुप्त रहेकालाई चेतना फैलाउने, नयाँ प्रतिभाहरु खासमा विद्यार्थी र युवा वर्गहरुलाई जागरण गराउने मुख्य उदेश्यसहित ऐतिहासिक रिडर्स फेस्टिबल भव्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाई छ ।
फेस्टिबलमा भारत र नेपालका गरी करिव ढेड सय विद्यार्थीहरुको उपलब्धीमुलक सहभागिता रहेको थियो । फेस्टिबलमा विद्यार्थीहरुको निर्णायक मण्डलको संयोजकमा प्रा.डा.देवी नेपाल र प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहेका थिए ।
पत्रकार भेटघाटमा रिडर्स अभियान नेपालले रिडर्स फेस्टिबलको आय–व्यय सार्वजनिक गरेको छ ।
अभियानका कार्यवहाक कोषाध्यक्ष दिपक तिम्सिनाले तीनदिने रिडर्स फेस्टिबलमा पाँच लाख ७८ हजार ९७० रुपैयाँ खर्च भएको आय–व्यय सार्वजनिक गरेका थिए ।
पत्रकारहरुको जिज्ञासालाई अध्यक्ष आचार्य, उपाध्यक्ष भगिरथ राई लगायतका अभियानका समितिले जवाफ दिएका थिए ।
भोलिदेखि सुरु हुने रिडर्स झापाको कला साहित्य उत्सवलाई अभियानले सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।
पत्रकार भेटघाटको सञ्चालन रिडर्स अभियान नेपालका सचिव मदन अधिकारीले गरेका थिए ।
Discussion about this post