५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

फाल्गुन २५, २०८१, १:१५ .आइतवार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ फागुन । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ ।

काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल गर्न सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।

यसअघि भएको टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले १÷१ गोल गरेका थिए ।
सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले बचाए । झापाका रोशन पहारी, प्रविन बस्नेत, बाफोर र गौरब धिमालले प्रहार गोलमा परिणत भएको थियो भने अभिनास स्याङ्तानको प्रहार बाहिरिएको थियो ।

खेलको ६९ औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमी फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सानदार गोल गरेका थिए ।

खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । चर्च ब्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भए ।

खेलको १६ औँ मिनेटमा झापा एफसीका धिरज विष्टको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक टेकन्द्र थापाले बचाए । १९ औँ मिनेटमा झापाका प्रविन बस्नेतको प्रहारले गोलपेष्टको दिशा लिन सकेन ।

२१ औँ मिनेटमा झापाकै विदेशी खेलाडी फैजलको प्रहार पोल नजिकैबाट बाहिरियो । २७ औँ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी सर्जे डिकाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । २८ औँ मिनेटमा झापाका कप्तान आर्यन राईको प्रहारले पनि पोष्टमाथिबाट बाहिररियो । ३२ औँ मिनेटमा झापाली कप्तान आर्यान राई घाइते भएपछि श्याम मुर्मुलाई कप्तानको जिम्मेवारी दिइएका थियो ।

३४ औँ मिनेटमा झापाका अभिषेक स्याङतानको प्रहार चर्च ब्वाइजका गोलरक्षक थापाले उत्कृट बचाउ गरे । खेलको ३९ औँ मिनेटमा चर्च ब्वाइजले पाएको फ्रि किकले समेत गोलको दिशा लिन सकेन । पहिलो हाफको खेलमा दुबै टिमले मौका पाए पनि गोल गर्न चुके ।
खेलको ५० औँ मिनेटमा चर्च ब्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार पनि विफल भयो । खेलको ७२ औँ मिनेटमा चर्च ब्वाइजले खेललाई दोब्बर बनाउने मौका पाए पनि चुक्यो ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलरक्षक थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुनेछ ।

खेलपछि विजेता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले ब्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रर्दशन गर्न नसकेको बताए ।

त्यस्तै झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए । उनले पूर्ण टिम भएको भए नतिजा अर्कै हुने दावी गरे ।

पछिल्लो समाचार

बाली बीमाको विकल्प छैन् : नगरप्रमुख बुढाथोकी

अघिल्लो समाचार

पशुपालन कृषकसँग सहकार्य गर्दै नगरपालिका

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.