९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पशुपालन कृषकसँग सहकार्य गर्दै नगरपालिका

फाल्गुन २६, २०८१, १:५० .सोमवार
0
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ फागुन । मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्येनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ ।

मेचीनगर नगरपालिकाको पशु शाखा प्रमुख बिक्रम गुरुङका अनुसार कृषकहरुको माग अनुसार ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको हो ।

‘पशुपालन प्रोत्साहन कार्यक्रम’

‘पशुपालन प्रोत्साहन कार्यक्रम’ अन्तरगत कृषकहरुलाई पशुपालन सम्बन्धी के कुराको आवश्यकता छ, सोही अनुसार नगरपालिकाले व्यवस्था गरिदिने उनको भनाई छ ।

कृषकलाई अत्यआवश्यक पर्ने कुटी काट्ने मेसिन, काउँमेट, बीमा लगायतका सामग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने छ ।
‘पशुपालन प्रोत्साहन कार्यक्रम’ का लागि हालसम्म १३१ जना कृषकले शाखामा निवेदन दर्ता गरेको गुरुङले जानकारी दिए ।

आवश्यक सामग्री माग गरे बमोजिमको निवेदन अनुसार अनुगमन र मुल्याङ्कन गरेपछि कृषकलाई छनोट गरेर ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ मा समावेश गरिने शाखाको भनाई छ ।

विगतमा अनुदानमा कृषकले लापरबाही गरेपछि यसवर्षदेखि कानुन अनुसार अनुगमन र मुल्याङ्कनमा वडाध्यक्ष, शाखाका प्राविधिक, वडाका प्राविधिक, आर्थिक विकास समिति संयोजक वा प्रतिनिधि लगायतको समितिले निर्णय गर्ने छ ।

नगरपालिकाले पन्ध्र वटै वडामा उक्त कार्यक्रममा चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि २५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
यसैगरी पशु शाखाले पशुपालन कृषकलाई हिउँदे सिजनको घाँसको विउँ ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।

२२६० केजी जै घाँसको विउँ वितरण

२१७ जना कृषकलाई २२६० केजी जै घाँसको विउँ वितरण गरिएको पशु प्राविधिक छत्रबहादुर राईले जानकारी दिए । अब चाँडै वर्खे जै घाँसको विउँ पनि वितरण गरिने तयारीमा रहेको उनको भनाई छ ।

नश्ल सुधार कार्यक्रम

चालु आर्थिक वर्षमा पशु शाखाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । जसमा नश्ल सुधार कार्यक्रम अन्तरगत नश्लको विउँबाट कृतिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउन २४५६ वटा गाई र १८१ वटा भैसी गरी कुल २६३७ वटा पशुमा कृतिम गर्भाधान सेवा पुराएको छ ।

पशुमा १६ हजार खोप

यस्तै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरसँगको सहकार्यमा पशुमा लाग्ने माहामारी जन्यरोग नियन्त्रणका लागि पीपीआर, एफएमडी, स्वाइन फिवर लगायतका रोग विरुद्धको खोरेतको १६ हजार डोज खोप लगाइएको बताइएको छ ।

आन्तरिक र बाह्य परिजीवी नियन्त्रण, पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम अन्तरगत ९५० जना पशुपालक कृषकहरुलाई फाइदा पुगेको शाखाले जनाएको छ ।

कुकुर र विरालोलाई रेविज विरुद्धको खोप

शाखाबाट २३६ वटा र १५ वटै वडामा ३६६ वटा रेविज विरुद्धको डोज खोप सामुदायिक तथा घर पालुवा कुकुर र विरालोहरुलाई निःशुल्क लगाइएको छ ।

२६० बोकालाई बन्ध्याकरण

यसैगरी शाखाबाट २६० वटा बोकालाई निःशुल्क बन्ध्याकरण गरी कृषकलाई सेवा दिइएको छ भने शाखाको ल्याव मार्फत आन्तरिक परजीवीको पहिचानका लागि ४२१ वटा गाई र भैसी तथा बाख्राहरुमा गोवर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।

३८९ कृषकको फर्म दता

शाखाका पशु प्राविधिक राईले व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने ३८९ कृषकहरुको फर्म दर्ता गरिएको बताए ।
यी र अन्य सबै पशुपालन सम्बन्धी कार्यक्रमका लागि यसवर्ष ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

गतवर्ष पशुमा ४० हजार खोप

यता गतवर्ष २०८०÷०८१ मा पशुमा लाग्ने माहामारी जन्यरोग नियन्त्रणका लागि पीपीआर, एफएमडी, स्वाइन फिवर लगायतका रोग विरुद्धको खोरेतको ४० हजार डोज खोप लगाइएको बताइएको छ । जसमा खोरेतको १५ हजार खोप, पीपीआईको १५ हजार खोप, स्वाइन फिवरको ५ हजार खोप र एफएमडीको ५ हजार खोप लगाइएको छ ।

यस्तै ५८९ वटा बोकालाई निःशुल्क बन्ध्याकरण गरी कृषकलाई सेवा दिइएको छ भने शाखाको ल्याव मार्फत आन्तरिक परजीवीको पहिचानका लागि ५५१ वटा गाई र भैसी तथा बाख्राहरुमा गोवर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।

यसैगरी नश्ल सुधार कार्यक्रम अन्तरगत नश्लको विउँबाट कृतिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउन २५६४ वटा गाई र २७९ वटा भैसी गरी कुल २८४३ वटा पशुमा कृतिम गर्भाधान सेवा पुराएको छ ।

आन्तरिक र बाह्य परिजीवी नियन्त्रण, पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम अन्तरगत १८६७ जना पशुपालक कृषकहरुलाई फाइदा पुगेको शाखाले जनाएको छ ।

शाखाबाट २६८ वटा र १५ वटै वडामा ४०० वटा रेविज विरुद्धको डोज खोप सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई निःशुल्क लगाइएको छ । पशु प्राविधिक राईले गतवर्ष व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने ३६८ कृषकहरुको फर्म दर्ता गरिएको बताए ।

पछिल्लो समाचार

झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

अघिल्लो समाचार

भानु साहित्यिक प्रतिष्ठानको चुनाव १६ चैतमा

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.