२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलि एपीएफ र मछिन्द्र

मेचीनगर गोल्डकप : पहिलो खेलबाटै बाहिरियो उज्वेकिस्तान

फाल्गुन २६, २०८१, १२:४१ .सोमवार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २६ फागुन । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ ।

टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए ।

यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो ।

यसैगरी खेलको ८४ औँ मिनेटमा धरानले कमव्याक गरयो । कप्तान मिलन राईको पासमा बैकल्पिक खेलाडी सुगम जिमिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जिमीले व्ल्याक बुल्सका ४ जना डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै खेल बराबरीमा ल्याए ।

खेलको चौथो मिनेटमा व्ल्याक बुल्सका स्लोमजोनलाई धरानका रोमन लिम्बू फाउल गरेपछि पाएको असिबेकको फ्रिकिक प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।

खेलको ३३ औँ मिनेटमा धरानका कप्तान मिलन लिम्बूको प्रहार पनि बिफल भयो । ४३ औँ मिनेटमा व्ल्याक बुल्सका अलिजोनको हेडिङ धरानका गोलरक्षक प्रविन लिम्बूले बचाए ।

४८ औँ मिनेटमा धरानका मौसम सुब्बालाई व्ल्याक बुल्ससका ज्याखोङगिरले फाउल गरेपछि पाएको फ्रिकिकलाई धरानका मिलन राईले प्रहार गरे पनि गोल हुन सकेन ।

खेलको ७० औँ मिनेटमा धरानका सुरज रसाइलीको प्रहार व्ल्याक बुल्सका गोलरक्षकले बिफल बनाए । उक्त बलमा धरानका तपन कार्की र सुरज रसाईलीको तालमेल नमिल्दा स्कोर गर्न चुक्यो ।

खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्धन्दीमाथि खेलाडीहरुको उत्कृष्ट प्रर्दशनका कारण जित हासिल गर्न सफल भएको बताए । उनले विपक्षीको रणनीति बुझेर खेल्दा जित निकाल्न सफल भएको बताए ।

व्ल्याक बुल्सका प्रशिक्षकका प्रशिक्षक सामिप्य सुवेदीले खेलाडीहरु लामो यात्राका कारण अपेक्षित प्रर्दशन गर्न नसकेको बताए । उनले टिमका महत्वपूर्ण खेलाडीहरु नभएका कारण आजको खेल गुमाउन पुगेको बताए ।

खेलको प्लेयर अफ द म्याच धरानका बैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।
मंगलवारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी र मछिन्द्र फुटबल क्लबबिच हुने आयोजक क्लबका अध्यक्ष नवराज ओलीले बताए ।

पछिल्लो समाचार

भानु साहित्यिक प्रतिष्ठानको चुनाव १६ चैतमा

अघिल्लो समाचार

विदेश गएका र आएकालाई सचेतना दिँदै ‘रेमी’ र ‘सामी’

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.