२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विदेश गएका र आएकालाई सचेतना दिँदै ‘रेमी’ र ‘सामी’

फाल्गुन २७, २०८१, ३:१० .मङ्लबार
0
0
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाको रोजगार सेवा केन्द्र, रेमी र सामी परियोजनाका कर्मचारीले विदेश गएका, आएका र उनीहरुको परिवारलाई सचेतना र सीप सिकाउने काम गरिरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द तथा विदेशमा मृत्यु भएका, अंगभंग भइ घाइते भएका, फर्किएका र उनीहरुको परिवारहरुका लागि रेमी परियोजनाले सचेतना, सीप सिकाउने र क्षतिपूर्ति दिलाउने काम गरिरहेको छ ।

नगरपालिकाको रोजगार सेवा केन्द्रकी शाखा प्रमुख कृपा रेग्मीले विदेश गएका, आएकाहरुलाई सचेतना, उद्यमशीलता र मृत्यु वा घाइते भएमा क्षतिपूर्ति सम्म उपलब्ध गराउने काम गरिरहेको जानकारी दिइन् ।

चालु आर्थिक वर्षको २०८१÷०८२ को साउनदेखि हालसम्म नगरका ६२३ जना नागरिक श्रम स्वीकृती लिएर वैदेशिक रोजगारका लागि विभिन्न देश गएको उनको भनाई छ । उनका अनुसार गतवर्ष श्रम स्वीकृती लिएर ९४५ जना गएका थिए ।

यो दुईवर्षको अवधिमा करिव एक हजार २ सय जना नागरिक विदेश गएको उनले बताइन् । यही अवधिमा विदेश गएका तीन जनाको मृत्यु भएको, १२ जना अंगभंग भई घाइते भएका छन् । क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्ड काठमाडौँमा सिफारिस गरिएको थियो ।

१४ जनाले पाए उपचार खर्च

दीर्घरोगी भएका ३२ जनामध्ये १४ जनाले उपचारका लागि जनही ५० हजार रुपैयाँ भुक्तानी पाएको रेग्मीले बताइन् । उपचार सेवा पाउने दीर्घ रोगीमा ५ वटा रोग जसमा मुटु, मिग्रौला, क्यान्सर, अलजाइमर र पार्किनसन रहेको छ ।

विदेशमा ३० जनाको मृत्यु

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको एकीकरण परियोजन (रेमी) मा काम गरिरहेका सहजकर्ता फडिन्द्रप्रसाद दाहालले २०७७÷०७८ देखि हालसम्म मेचीनगरका ३० जनाको विदेशमा विभिन्न कारणले मृत्यु भएको बताए ।

३० जनाले पाए क्षतिपूर्ति

मृत्यु भएका सबैका परिवारले राहत रकम पाएको उनको भनाई छ । उनका अनुसार गत कात्तिक यता मृत्यु भएकाले जनही १० लाख पाए भने त्यस उता मृत्यु भएका परिवारले जनही ७ लाख रुपैयाँले राहत रकम पाएका छन् ।

२२ हजार फर्किए

२०७८ को जनगणना अनुसार मेचीनगरका एकलाख ३३ हजार जनसंख्यामा करिव २२ हजार नागरिक विदेशबाट मेचीनगर फर्किएको अनुमान उनको छ । विदेशबाट फर्किएका, उनीहरुको परिवार, स्वास्थ्यकर्मी, टोल विकास समिति, जनप्रतिनिधि लगायतलाई सामाजिक अभिमुखिकरण दिने गरिएको छ ।

५० जना रिटर्नीलाई सीप सिकाउँदै

यो वर्ष विदेशबाट फर्किएका, उनीहरुको परिवारका ५० जनालाई अनुगमन र छनोट गरेपछि उद्यमशीलतामा लगाएर सीप सिकाउने कार्यक्रम रहेको दाहालले बताए । उनका अनुसार रोजगारको वातावरण सिर्जना गर्न १० लाखको बजेटमा प्रविधि सहयोग पुराउने उदेश्य रहेको छ ।

कृपा रेग्मी रोजगार संयोजक,  शिशिर रिजाल रोजगार सहायक, शुभम भण्डारी प्राविधिक सहायक, सरस्वती मिश्र परिवार परामर्शकर्ता (रेमी), फणिन्द्रप्रसाद दाहाल रोजगार परामर्शकर्ता (रेमी), सरोजकुमार खनाल सामाजिक परिचालक (रेमी) र अञ्जु खरेल सामाजिक परिचालककाे रूप (रेमी) मा काम गरिरहेका छन् ।

यता सुरक्षीत आप्रवासन (सामी) परियोजनाले पनि वैदेशिक रोजगारीमा विदेश गएका र जान लागेका नागरिकहरुलाई परामर्श र सचेत गराउने गरेको छ ।

१२ हजार बढीलाई परामर्श

सामीकी वित्तिय साक्षरता सहजकर्ता प्रमि पाठकले गत चार वर्षमा १२ हजार ८७४ जना नागरिकलाई सचतेना दिएको बताइन् ।
वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित, भरपर्दो, मर्यादित, उपलब्धीमुलक बनाउन मेचीनगरमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको उनको भनाई छ ।

वैदेशिक रोजगारमा विप्रेषण भएका र उनीहरुका परिवारलाई वित्तियरुपमा साक्षर बनाउन २५ जनाको समूह बनाएर २१ हप्ते अभियान चलाएर करिव एक हजार महिलालाई आत्मनिर्भर बनाइएको पाठकको दावी छ ।

सुरक्षीत वैदेशिक रोजगारीमा जानुअघि ध्यानदिनु पर्ने कुराहरुका लागि टोलसम्मै पुगेर समूदायमा अभिमूखिकरण कार्यक्रम गरिरहेको बताइएको छ । यसवर्ष ४८ वटा यस्ता कार्यक्रम मध्ये करिव २० वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् । सामीमा सहजकर्ता पाठकसहित गीता खरेल, मनमाया निरौला र अम्बिका अधिकारीले काम गरिरहेका छन् ।

सामी परियोजनाले वैदेशिक रोजगार बोर्डसँग समन्वय गरेर मेचीनगरबाट विदेश गएर विभिन्न कारणले मृत्यु वा घाइते भएकाको क्षतिपूर्तिका लागि पहल गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय झापमा रहेको सामीको कार्यालयले पनि वैदेशिक रोजगारमा जानेलाई परामर्श दिइरहेकको सहजकर्ता पाठकले बताइन् ।

नगरस्तरीय रिटर्नी सञ्जाल गठन

विदेशबाट फर्किएका रिटर्नीहरुको नगरस्तरीय सञ्जाल गठन समेत गरिएको छ । २०८१ असार १८ गते अनिल शिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरीय रिटर्नी सञ्जाल गठन गरिएको छ ।

जसको उपाध्यक्षमा दीननाथ खतिवडा, सचिवमा रविन राउत, सहसचिवमा कोषराज भट्टराई र कोषाध्यक्षमा बुद्विमता अधिकारी तथा सदस्यहरुमा राजकुमार घिमिरे, शोभा पाठक, पर्शुराम गिरी, दर्पण भण्डारी, वेदनाथ घिमिरे, लीला कट्टेल, युवरााज कटुवाल र मनोज कटुवाल रहेका छन् । अब वडास्तरीय रिटर्नी सञ्जाल पनि गठन गरिने बताइएको छ ।

पछिल्लो समाचार

मेचीनगर गोल्डकप : पहिलो खेलबाटै बाहिरियो उज्वेकिस्तान

अघिल्लो समाचार

मेचीनगर गोल्डकप : मच्छिन्द्र अन्तिम चारमा

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.