२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर गोल्डकप : मच्छिन्द्र अन्तिम चारमा

फाल्गुन २७, २०८१, १२:४३ .मङ्लबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २७ फागुन । मेचीनगर गोल्डकपमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ ।

मच्छिन्द्रले १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट सुन्दर गोल गरे ।

मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ मलिकले सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङ गोल लगाउनबाट चुके । लगत्तै कामाहाको पासमा युसफको पावरफुल सट बाहिरियो । खेलको ७४ औँ मिनेटमा एपिएफका गोलरक्षक विशाल गुरुङ वीट भएको समयमा विकास टिटुङले गोल लाइनबाट बचाए । ८५ औँ मिनेटमा कामाहाको प्रहार दोस्रो बारमा लागेर फर्कियो ।

खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरु गुमाएपछि परिचित प्रतिद्धन्दी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

एपिएफका लागि खेलको ७३ औँ मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८० औँ मिनेटमा पेनाल्टी एरियमा अनमार्क रहेका अनिश महर्जनले गरेका प्रहार बाहिरिदा एपीएफ पहिलो चरणबाटै घर फर्किएको छ ।

मच्छिन्द्रका प्रशिक्षक गणेश कटुवालले दुवै टिम राम्रो थियो तर हाम्रो टिम सेट नभएर सोचेजति स्कोर निकाल्न नसकिएको बताए । कटुवालले लगातारका प्रतियोगिताका कारण पनि खेलाडीहरुलाई आराम नहुँदा खेल सोचे जस्तो हुन नसकेको बताए ।

एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रर्दशन हुन नसकेको बताए । उनले एन्फाको अव्यवहारिक खेल तालिकाका कारण खेलाडी घाइते हुने गरेकाले आगामी दिनमा तालिका सार्वजनिक गर्दा खेलाडीले आराम पाउने गरी बनाउन अनुरोध पनि गरे । खेलाडीले नतिजा निकाल्न नसकेपनि सन्तोषजनक प्रर्दशन गरेका बताए ।

खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् । बुधवार हुने पहिलो सेमिफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबिच हुने आयोजक छ ।

काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसीलाई र धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।

पछिल्लो समाचार

विदेश गएका र आएकालाई सचेतना दिँदै ‘रेमी’ र ‘सामी’

अघिल्लो समाचार

रैथाने स्वाद लिन नन्दा करिडोरमा घुइँचो

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.