२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रैथाने स्वाद लिन नन्दा करिडोरमा घुइँचो

फाल्गुन २७, २०८१, ७:२१ .मङ्लबार
0
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ फागुन । रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले नन्दा करिडोर प्रर्वद्धन केन्द्रले आयोजना गरेको ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ आजदेखि सुरु भएको छ ।

मेचीनगर–१० धुलाबारी स्थित नन्दा करिडोर प्रर्वद्धन केन्द्रको आयोजनमा आज र भोलिसम्म हुने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ मा रैथाने खानाको स्वाद लिनेको घुइँचो रहेको छ ।

आदिवासी जनजाति समुदायमा मेचे, धिमाल, दनुवार र राजबंशी जातिको लोप हुँदै गइरहेको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले उक्त महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महोत्सवको धनुसको वाण हानेर उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि बुढाथोकीले पूर्खाहरुको परम्परागत खाना विर्सिए र विदेशबाट आयतित प्याकिङ गरिएका माछा, पीजा, बर्गर खाएर ठुलो पल्टिरहेको बताए । संस्कृति जोगाउन मात्र होइन यसलाई निरन्तरता दिन सके रैथाने खानाको प्रर्वद्धन हुने उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विगतमा नन्दा कोरिडोर लागूऔषधको अखडा र फोहोर मैला फाल्ने डम्पीङ साइडको रुपमा रहेको थियो । वडाध्यक्ष खनाल, केन्द्रका अध्यक्ष खड्का र स्थानीय युवाहरुको सक्रियतामा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले यसक्षेत्रलाई हरियाली बनाउनेतिर लागेका छन् ।

नन्दा करिडोरको पर्यटन र यहाँ आदिवासी समुदायको रैथाने स्वादको खानाको पनि प्रर्वद्धन हुने हिसावले रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव लगाइएको आयोजकको भनाई छ ।

महोत्सव’ मा मेचे, राजबंशी, धिमाल र दनुवार समुदायको अर्गानिक खानाका परिकारहरु स्टलमा रहेको छ । त्यस्तै स्थानीय शान्ति समाजका महिलाहरुको पनि अर्गानिक खानाका परिकारहरुको स्टल रहेको छ । महोत्सवमा पाँच वटा स्टलहरु रहेका छन् ।

महोत्सवमा पहिलो दिन मेचे र धिमाल समुदायको रैथाने खानाको परिकार रहने र दोस्रो दिन अर्थात भोलि समापनमा दनुवार र राजबंशी समुदायको खानाको परिकार रहने छ ।

आज पहिलो दिन धिमाल जातिको तोल, ग्यान्द्रो, चीचीरी, सुँगुरको मासुको परिकार र मेचे जातिको याङखारे, फेतो, सीताउँ, कुखुराको मासु लगायतका खानाका परिकार बिक्रीका लागि राखिएको छ । अवलोकन गर्न आउनेहरुले ती समुदायका परिकारहरु स्वाद लिदै खाएका थिए ।

त्यस्तै स्टलमा भोलि राजबंशी समुदायको घुँगी, बेल्का, भाक्का, माछाको झोल, बैगुनको सब्जीका परिकार दनुवार समुदायको केराको बुंगोको आचार, गंगटा, हान्दी रोटी, नुहागी लगायतका खानाका परिकार बिक्रीका लागि राखिने छ ।

यसैगरी शान्ति समाज टोलका महिलाहरुले पनि स्टलमा सेलरोटी, कोदोको सुप, ढेडो, फापरको फुलाउरा लगायतका खानाका परिकार बिक्रीका लागि राखेका छन् ।

स्टलमा दनुवार, मेचे, राजबंशी र धिमाल जातिका परम्परागत सामग्री र चित्रकला प्रर्दशनीमा राखिएको छ । सोही अवसरमा रैथाने खानाको महत्व विषयक वक्तित्वकला प्रतियोगिता भएको थियो । स्थानीय शैक्षिक संस्थाहरूलाई समेटेर अन्तरमावि वक्तित्वकला प्रतियोगितामा धुलाबारी माविकी छात्र आश्रय अधिकारी प्रथम, चेतनशील परिवारकी बाल सदस्य प्रजिशा पोखरेल द्वितीय र धुलाबारी क्याम्पस टोल बाल क्लबका सदस्य सोहेल अलि शेख तृतीय भएका थिए ।

उनीहरुलाई क्रमश ः ३ हजार, २ हजार र १००० नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा गोमेन्द्र मल्टिपल कलेज बिर्तामोडका प्राध्यापकद्वय विमल राजवंशी र विकास कोइराला रहेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी प्रल्लाद खड्काले गरेका थिए । कार्यक्रममा लिभिङ फाउण्डेशन एकाडेमीका विद्यार्थीहरुले आकर्षक नित्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, ११ का वडाध्यक्ष रुद्र डाँगी, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, धुलाबारी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष धनकाजी खत्री, मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईं, व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्बाङ, शिशु साक्षर आधारभूत विद्यालयका प्रधानाध्यापक लोकनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।

नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रका अध्यक्ष धमेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत कर्णबहादुर गौतम (सुमन) ले र सञ्चालन सहसचिव देबेन्द्र दाहालले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर गोल्डकप : मच्छिन्द्र अन्तिम चारमा

अघिल्लो समाचार

काँकरभिट्टा क्याम्पस : अध्यक्षमा तीन ‘स’ को लडाई

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.