१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा समुदायसँग जोडिदै ‘सामी’

चैत्र १, २०८१, १:२० .शुक्रबार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ चैत । झापामा सुरक्षित आप्रवासन ‘सामी’ का परियोजनाहरु प्रभावकारी बन्दै गएको छ ।

‘सामी’ ले वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको परिवारलाई भेटेर उनीहरुको अवस्था बुझ्ने, सहजीकरण गरिदिने लगायतका काम गरिरहेको छ ।

पछिल्लो चारवर्ष यता वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु भएको सामीले तथ्याङ्क सार्वजनिक गरेको छ । त्यस्तै ५४ जना नागरिकको अंगभंग समेत भएको छ ।

विहीबार मेचीनगर नगरपालिकाको सभा हलमा सामीले आयोजना गरेको जनप्रतिनिधि र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

सामीका झापा जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकीले चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस २६ गते सम्ममा विभिन्न देशमा काम गर्न गएका झापाका ४२ जनाको विभिन्न कारणले मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार २०७९÷०८० मा ४४ जना र २०८०÷०८१ मा ८० जनाको मृत्यु भएको छ । त्यस अवधिमा मेचीनगरका ३० जनाको विदेशमा मृत्यु भएको छ ।

त्यस्तै बुढाथोकीले चार वर्ष यता ५४ जनाको अंगभंग भएको बताए । जसमा चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस २६ गते सम्ममा विभिन्न देशमा काम गर्न गएका झापाका १० जनाको विभिन्न कारणले अंगभंग भएको छ । उनका अनुसार २०७९÷०८० मा ११ जना र २०८०÷०८१ मा ३३ जनाको अंगभंग भएको छ ।

गतवर्ष झापाबाट ६ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जना श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएको संयोजक बुढाथोकीले बताए ।

गतवर्ष २०८०÷०८१ मा कोशी प्रदेशबाट मात्रै एकलाख ६० हजार ६७२ जना श्रम स्वीकृती लिएर काम गर्न विदेश गएका छन् ।
काम गर्न विदेश गएका नागरिकहरुबाट चालु आर्थिक वर्ष २०८१ को पुस महिनामा मात्रै एक खर्व २२ अर्व रेमीट्यान्स भित्रिएको छ ।

मेचीनगर नगरपालिका अन्तरगत रहेको सामीले सुरक्षित वैदेशिक रोजगारीका लागि वडाध्यक्षहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा रोजगार सेवा केन्द्रको सहकार्यमा पुनः श्रम स्वीकृती, पारिवारिक स्वास्थ्य उपचार, विरामीको अंगभंग, मृत्यु भएकालाई आर्थिक सहायता, सन्तती छात्रवृति लगायतका काम गरिरहेको जानकारी दिइएको छ ।

कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतले रोजगार सेवा केन्द्र, सामी र रेमीले विदेश जाने, आउने र उनीहरुको परिवारलार्य प्रभावकारी ढंगले काम गर्न आग्रह गरेका थिए ।

विदेशमा काम गर्न गएका र उनीहरुको परिवारको अवस्था सुधार गर्न संघ, प्रदेश र स्थानीय तहका सम्बन्धीत निकायहरुलाई सक्षम बनाउन सहयोग गर्ने, सामाजिक, आर्थिक लाभ र उचित संरक्षण गर्न सहकार्य गर्ने कार्यक्रम रहेको छ ।

मेचीनगरमा यसवर्ष ४८ वटा कार्यक्रम अन्तरगत गहन अभिमुखीकरण, वित्तिय साक्षरता लगायतका कार्यक्रमको लक्ष्य अनुसार ३१ वटा अभिमुखिकरण कार्यक्रम गरिसकिएको सहजकर्ता प्रमि पाठकले बताइन् ।

उनले नगरपालिका स्थित सामीको कार्यालयमा विदेशबाट आएका र उनीहरुका परिवारका एक हजार ६४६ जनाले समस्या लिएर आएको बताइन् ।

सामीमा सहजकर्ता पाठकसहित सामाजिक परिचालकका रुपमा गीता खरेल, मनमाया निरौला र अम्बिका अधिकारीले समुदायमा गएर काम गरिरहेका छन् । उनीहरुले वडा, टोल, विद्यालय र समुदायसँग पुगेर सचेतना, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरु गरिरहेका छन् ।

अन्तरक्रियामा सामीका झापा संयोजक शेखर बुढाथोकीले प्रोजेक्टर मार्फत अहिले सम्मको अवस्था र प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता पाठकले गरेकी थिइन् ।

पछिल्लो समाचार

जन्मोत्सवमा चौधरीद्वारा चौतारीको उपचार कोषमा सहयोग

अघिल्लो समाचार

शनिबार उपाधिका लागि आयोजक र चर्च ब्वाइज भिड्दै

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.