

मेचीनगर, ५ चैत । नेपाल सरकारको आग्रहमा दक्षिण कोरियाका लगानी कर्ताहरूको एउटा टोलीलाई मेचीनगर नगरपालिकाले स्वागत गरेको छ ।
आज बेलुका काठमाडौंबाट झापा आएका कोरियाली टोलीलाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले भद्रपुर एयरपोर्टमा स्वागत गरेका हुन् ।
कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनको संयोजनमा कोशी प्रदेश सरकारले आगामी वैशाख दोस्रो हप्ता गर्न लागिएको लगानी सम्मेलनको पूर्व तयारीका लागि झापा आएका हुन् ।
कोरियाली टोलीले भोलि मेचीनगर नगरपालिकामा लगानी गर्न सक्ने सम्भावयता अध्ययान तथा अवलोकन गर्नेछन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टामा पार्किङसहितको बहुतले बसपार्क, कृषि र जैविक मलको मेगा प्रोजेक्टमा लगानी गर्न सक्ने भएकाले त्यसैको अवलोकनका लागि कोरियाली टोलीलाई आएको बताए ।
कोरियाली टोली आज नेपाल आएका हुन् । टोलीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरिसकेका छन् ।
नगरपालिका आएका १५ जनाको टोलीलाई प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर–२ का वडाध्यक्ष एवम् प्रवक्ता दिपक बराल, वडा नं. १० का वडाध्यक्ष नारायण खनाल लगायतले एयरपोर्टमा स्वागत गरेका छन् ।




Discussion about this post